Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
कला र शैली»

शैली संक्षेप

माघ २८ -
कृष्ण र सुनिता लोकतारा

पाल्पा- मदनपोखरा विशाल लोकतारा २०६९ को उपाधि सुनिता विश्वकर्मा र कृष्ण रानाभाटले हात पारेका छन् । ग्रामीण क्षेत्रका प्रतिभा उजागर गर्ने उद्देश्यसहित सामुदायिक रेडियो मदनपोखरा र विशाल डिजिटल काठमाडौंले गरेको कार्यक्रममा २ सय १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै सुनिता र कृष्णले उपाधि पाएका हुन् ।   

'लोकतारा' भएलगत्तै उनीहरूले सांगीतिक एल्बम निकाल्न विशाल डिजिटलका तर्फबाट ६० हजार रुपैयाँ बराबरको 'कन्ट्रयाक्ट' पाए । कार्यक्रममा उत्कृष्ट आठभित्र पर्नेले एउटा एल्बम निकालिसकेका छन् । ग्रामीण भेकका यस्ता प्रतिभालाई हौस्याउनुपर्ने कार्यक्रम संयोजक हुम गैरेले बताए । 'स्वर, लय र तालमा गीत गाउन निकै कठिन छ,' उनले भने, 'प्रतियोगिताले सांगीतिक क्षेत्रमा आउन सहयोग पुर्‍याउनेछ ।'

विक र रानाभाटलाई लोकगायक इन्द्र जीसी, रेडियोका अध्यक्ष झपेन्द्र जीसी, प्रबन्धक राजेश अर्याल, लोकगायक नवीन पौड्याल, प्रजिअ हरिप्रसाद मैनालीले सम्मानपत्र, दोसल्ला र उपाधि प्रदान गरे । 'लुकेका प्रतिभालाई खोजेर बाहिर ल्याउने काम गरेकामा रेडियो र विशाल डिजिटललाई धन्यवाद' जीसीले भने, 'यस्ता कार्यक्रमले नवकलाकार जन्माउन सहयोग मिल्नेछ ।' लोकताराको यो दोस्रो संस्करण हो । प्रतिस्पर्धीलाई स्ल्ाो र फास्ट बिटमा एकल प्रस्तुति गर्न लगाइएको थियो । दर्शकले मन परेका कलाकार आफैं छनोट गर्न मतदानबाट समेत नम्बर दिने व्यवस्था गरिएकाले कार्यक्रममा उत्साहजनक सहभागिता थियो ।



९ वषर्ीयाको गीति एल्बम

काठमाडौं

-कास)- ९ वषर्ीया प्रतिश्ना केसीको बालगीति एल्बम 'पहिलो बोली' सार्वजनिक भएको छ । प्रज्ञा भवनमा हालै साहित्यकार डा. मोदनाथ प्रश्रतिले एल्बम तथा डीभीडी सार्वजनिक गरे । एल्बममा 'सुनकोसी तालैमा', 'पहिलो बोली' लगायत पाँच गीत तथा प्रत्येक गीतको भिडियोसमेत रहेको छ । टीका भण्डारी, वसन्त सापाकोटा, राम सिटौला, अर्जुन पोखरेललगायतको संगीत रहेको एल्बममा बूँद राना, अनन्त वाग्ले, नवराज लम्साल, बाबा बस्नेत लगायतका शब्द छन् । प्रतिश्नाले रेडियो नेपालको बालसमाचार वाचन र नेपाल टेलिभिजनको 'किड्स जोन' कार्यक्रमसमेत सञ्चालन गर्छिन् । कार्यक्रममा स्रष्टा प्रश्रति, संगीतकार टीका भण्डारीलगायतले बोले ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:२२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बन्द गद्र्यो रे ?!... ढोकामात्रै कि झ्याल पनि ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication