Kantipur

Kantipur

मिति | २०७१ वैशाख ४, बिहीवार     Login | Register
देश»

'गिरिजाजस्तो पार्टनर भेटेको छैन’

काभ्रे , माघ २८ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाजस्तो राजनीतिक पार्टनर आफूले भेट्न नसकेको बताएका छन् । उनले आफू अहिले त्यस्तै पार्टनरको खोजीमा रहेको बताए ।

नेपाल समसामयिक अध्ययन केन्द्रको आयोजनामा धुलिखेलमा आइतबार सुरु दसदिने 'नेपालको रूपान्तरण र अनुसन्धान पद्धति' विषयक गोष्ठीलाई सम्बोधन गदै दाहालले त्यसबेला आफूले र कोइरालाले पनि अलिअलि कमजोरी गरेको खुलासा गरे ।

'गिरिजाबाबुपछि मैले राजनीतिक पार्टनर भेटेजस्तो लागेको छैन,' उनले भने, 'अहिले त्यही पार्टनर खोज्ने काममा छु ।' उनले देश फेरि पुरानै रूपमा पुनरावृत्ति नहुने बताउँदै निरंकुशता आए हाइ लेबलको आउने र लोकतन्त्र पनि हाइ लेबलकै आउने दाबी गरे । उनले सत्तापक्ष र विपक्षीबीच कुनै रिसराग नभए पनि कुरा मिल्न नसकेको बताए । उनले पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराई पार्टीमा माथिबाट आएको र आफू तलबाट आएकाले दुईबीच बहस हुने गरेको भन्दै इतिहासले दुवै मिल्नुपर्छ भनेकाले मिलेको बताए । 'त्यही मिलनले हामीलाई बचाएको छ,' उनले भने ।



'आन्दोलनले भारतलाई फाइदा'

बुटवल -कास)- नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले अहिलेसम्म राजनीतिक दलले गरेको आन्दोलनको फाइदा भारतलाई पुगेको बताएका छन् । आन्दोलनमा सहमति पनि भारतले गराउने र त्यसको फाइदा पनि उसैले लिएको उनले दाबी गरे । '२००७ सालको आन्दोलनदेखि २०४६ र माओवादी युद्ध समाप्त पार्ने १२ बुँदे समझदारीसमेत भारतीय शासकको रोहबरमा भयो' उनले भने ।

माओवादीभित्रको नवशंसोधनवादका कारण राष्ट्रियताका लागि लडिएको जनयुद्ध र त्यसपछिको लोकतन्त्रको फाइदा भारतले लिएको उनको तर्क थियो । राष्ट्रियता जोखिममा पारेर भारतीय शासकको फाइदामा पार्टी हिँडेकाले विभाजन भएको उनले बताए ।

वैद्यले अहिलेसम्मका सबै दल र सरकारभन्दा राष्ट्रघाती एमाओवादी र बाबुराम भट्टराई नेतृत्वको सरकार भएको र विदेशीको फाइदा र इसारामा मात्र चलेको जिकिर गरे ।





'प्रधानन्यायाधीश नेतृत्व अनुपयुक्त'

विराटनगर

-कास)- एमाओवादीको हेटौंडा महाधिवेशनले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव पारित गरे पनि त्यसले समस्याको समाधान नहुने उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले बताएका छन् । उनले मधेसी मोर्चासँग कुनै छलफल र सहमतिबिना नै पुष्पकमल दाहालले अघि सारेको प्रधानन्यायाधीशको प्रस्ताव काम लाग्ने खाले नरहेको टिप्पणी गच्छदारले गरेका हुन् । क्षेत्रीय प्रहरी कार्यालय रानीमा टेलिभिजन पत्रकार समूहले गरेको पत्रकार भेटमा आफू र मधेसी मोर्चासँग छलफलबिना आएको नयाँ प्रस्ताव काम नलाग्ने भएको उनले बताए । उनले फागुन ७ भित्रमा सहमति हुन नसके जेठमा निर्वाचन गर्न नसकिने बताए । मुलुक इतिहासकै कठिन अवस्थामा रहेको बताउँदै गच्छदारले दिगो राजनीतिक स्थिरताका लागि संविधानसभा अपरिहार्य भएको बताए ।



'सत्ता लम्ब्याउने षड्यन्त्र'

पर्सा -कास)- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादीले प्रस्ताव गरेबमोजिम बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार दललाई स्वीकार्य नहुने बताए । 'एमाओवादी कहिले देवेन्द्रराज पाण्डेको नाम लिन्छ, कहिले प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्छ,' मधेसी पत्रकार समाजले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'उसको सत्ता लम्ब्याउने, चुनावी सरकार बन्न नदिने र न्यायालयलाई विवादमा तान्ने षडयन्त्र हो ।' दलको सहमतिले मात्र तटस्थ चुनावी सरकार निर्माण हुन सक्ने बताउँदै उनले भने, 'एमाओवादीले निर्वाचन गर्न सक्दैन ।' सहमति बने आफू प्रधानमन्त्री बन्ने वा आफ्नो पार्टी सरकारमा जाने जस्ता कुरालाई महत्व नदिएको बताउँदै उनले राष्ट्रिय सहमतिको चुनावी सरकारको नेतृत्व गर्न सक्षम व्यक्तिको मुलुकमा कमी नरहेको बताए ।





 

प्रकाशित मिति: २०६९ माघ २९ ०९:२२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-17
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication