Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ७, मंगलवार     Login | Register
दृष्टिकोण»

चौतारी : ल्होछारको ऐतिहासिकता

माघ २८ -
'डुल ल्होछार-२८४९ ला ज्याबाडान्बा' अर्थात् सर्प नयाँ वर्ष-२८४९ को मंगलमय शुभकामना । तामाङ जाति यतिखेर यसरी खुसी बाँडिरहेका छन् ।

संसारका सबै देशमा आ-आफ्ना राष्ट्रिय महत्त्वका संवत्हरू छन् । विश्वमा प्रचलित संवत््हरू सूर्य र चन्द्रको गतिका आधारमा पञ्चाङ्ग निर्धारण गरिन्छ । यसलाई सूर्य पञ्चाङ्ग र चन्द्र पञ्चाङ्ग भनिन्छ । हरेक पञ्चाङ्गको पहिलो दिनलाई नयाँ वर्ष आरम्भको रूपमा देशभरि हर्षोल्लाससाथ मनाउने परम्परा छ । त्यसैको एउटा शृंखला हो- ल्होछार । माघ २९ गतेबाट नयाँ -ल्हो) वर्ष सुरु हुन्छ । चन्द्रमा गतिमा निर्धारित मञ्जुश्री संवत्अनुसार ल्होछार मनाइँदै आएको पाइन्छ ।

डुल ल्होछार-२८४९ बृहत् मूल समारोह संयोजन समितिले आह्वान गर्दै भनेको छ- '२८४९ औं डुल ल्होछार भव्यताका साथ मनाऔं, तामाङ संस्कृति र पहिचानका लागि एकजुट होऔं ।' विगतदेखि नै ल्होछार धुमधाम र हर्षोल्लासका साथ मनाइँदै आएको छ । तर पनि अझै समुदायमा यो ल्होछार पर्वबारे देश-विदेशका कुनाकाप्चासम्म सद्भाव बाँड्न नेपाल तामाङ घेदुङको संयोजनमा बनेको समितिले यो आह्वान गरेको हो । समितिमा तामाङसमर्थित १ सय २१ संघसंस्था सहभागी छन् ।

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा 'ल्होछार' परम्पराको विशिष्ट स्थान र महत्त्वपूर्ण भूमिका रहेको छ । 'ल्हो' को अर्थ साल, संवत्, वर्ष, उमेर र 'छार' को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ 'नयाँ वर्ष' हो । ल्हो बाह्रवटा हुन्छन् । यसलाई 'ल्होखोर च्युङी' पनि भन्छन् । विभिन्न पशुपंक्षीको नामबाट 'ल्हो' को नाम राखिएका हुन्छन् । बाह्र 'ल्हो' मध्ये प्रत्येक वर्ष एक-एकवटा 'ल्हो' फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा 'ल्हो पोबा', ल्हो दोबा' वा 'ल्होछार' भनिन्छ ।

तामाङ जातिले मनाउने ल्होछार -नयाँ वर्ष) प्रत्येक वर्षको माघ शुक्लपक्ष प्रतिपदाको दिन -चन्द्रवर्षको प्रथम चन्द्र महिनाको पहिलो दिन) देखि सुरु हुन्छ । संसारभर यस दिनदेखि ल्होछार पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । चीन र तिब्बतमा पनि यसै दिन ल्होछार मनाइन्छ । तिब्बतमा भने 'लोसार' भनिन्छ ।

यद्यपि ल्होछार परम्परा कहिले सुरु भयो भन्न नसकिने तर यो मञ्जुश्री संवत्का आधारमा मनाइँदै आएको लेखक परशुराम तामाङ बताउँछन् । यसलाई चिनियाँ सभ्यतासँगै ४ हजार ७ सय वर्षअघि विकास भएको मानिन्छ । चीन, भारत र नेपालका हिमाली तथा पहाडी भेगका आदिवासी जनजातिले ल्होछार मनाउने गर्छन् । ल्होछार गुम्बा, घरघरमा पूजा गर्ने, प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनसित आशीर्वाद लिने, चेलीबेटी, इष्टमित्र, ससुराली कुटुम्बको मिलन, सामूहिक प्रीतिभोज, आमोदप्रमोद तथा हर्षोल्लासका कार्यक्रम गरेर मनाउने गरिन्छ । सांस्कृतिक झाँकी प्रदर्शन, लामा, बान्बो, ताम्बा तथा लाम्बु लाप्तावाबाट शान्ति प्रार्थनासहित पदयात्रा गर्ने गरिन्छ ।

राष्ट्रिय जनगणना २०६८ -सन् २०११) को तथ्याङ्कअनुसार तामाङ जातिको जनसंख्या १५ लाख ३९ लाख ८ सय ३० रहेको छ । कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मा तामाङ जाति ५ दशमलब ८१ प्रतिशत छन् । १३ लाख ५३ हजार ३ सय ११ अर्थात् ८७ दशमलब ८८ प्रतिशत तामाङले मातृभाषा बोल्छन् । तामाङ जाति देशका सबै क्षेत्रमा छरिएर रहेको तथ्याङ्कले देखाएको छ । त्यसैगरी बौद्ध धर्मावलम्बीको जनसंख्या २३ लाख ९६ हजार ९९ रहेको छ । यो कुल जनसंख्याको ९ दशमलब ०४ प्रतिशत हो । ल्होछार मनाउने तामाङ जातिको परम्परा हो । केही वर्षदेखि तराईमा मनाइने छठ राजधानीलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । त्यस्तैगरी बौद्धमार्गीको ल्होछारमा अन्य समुदायले सद्भाव जनाउँदा अर्थपूर्ण हुनेछ । सांस्कृतिक सद्भाव बाँड्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:१३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication