काठमाडौ, माघ २८ -
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएससी सिसिस्ट कार्यक्रम सञ्चालन गर्ने निजी कलेजहरूको संस्था सिकोनले आइतबार राजधानीमा एक अन्तक्रिर्या आयोजना गर्यो । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन चिरिकशोभा ताम्राकारको विशेष आतिथ्यमा भएको कार्यक्रममा उपत्यकाका अधिकांश विज्ञान विषय पठनपाठन हुने उच्च माविका प्राचार्य एवं कार्यक्रम संयोजकहरूको सहभागिता थियो । कार्यक्रममा रामेश्वर अर्यालले उक्त कार्यक्रमको चुनौतीबारे धारणा राखेका थिए ।