काठमाडौ, माघ २८ -
ट्याक्सीमा अर्थिङ जडान तथा कल फास्ट गरेर उपभोक्ता ठगी गर्ने ७ सय ४७ ट्याक्सी कारबाहीमा परेका छन् । पछिल्लो एक महिनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त जाँच टोलीले एक महिनामा विभिन्न किसिमले ठगी गर्ने ती ट्याक्सीलाई कारबाही गरेको हो । महाशाखाका अनुसार उपभोक्ता ठगी गर्न कल फास्ट गरी मिटर चलाउने, मिटरको सिल तोडेर चलाउने, मिटर बिगार्ने र नराखी चलाएर सर्वसाधारणलाई ठगी गर्ने ट्याक्सीलाई कारबाही गरिएको हो । महाशाखाका अनुसार एकपटक कारबाहीमा परेर पनि ट्याक्सीले दोहोर्याएर गल्ती गरेको भन्दै तिनीहरूको मिटर जफत गरिएको छ । बा१ज ८६५४ र बा१ज ७९२१ नम्बरका दुईवटा ट्याक्सीको मिटर जफत गरिएको प्रहरीले जनाएको छ । महाशाखाले दोहोर्याएर गल्ती गर्ने ट््याक्सीको मिटर जफत गरिने र चालकलाईसमेत कारबाही गरिने जनाएको छ । महाशाखाका अनुसार कल फास्ट गरी चलाउने १ सय ९५ वटा ट््याक्सी कारबाहीमा परेका छन्् । यस्तै मिटरको सिल तोडेर चलाउने ६९, मिटर बिगारेर चलाउने ९२, मिटर नराख्ने ११ वटा कारबाहीमा परेका छन्् ।