Kantipur

Kantipur

मिति | २०७१ वैशाख १२, शुक्रबार     Login | Register
समाचार»

मन्त्रीले गरेको सरुवा सर्वोच्चले उल्ट्यायो

काठमाडौ, माघ २८ -
वनमन्त्री यदुवंश झाले गरेको सहसचिव सरुवा सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सहसचिव यमबहादुर थापालाई भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक बनाएको साता नबित्दै उनको सरुवा कानुनविपरीत ठहर गर्दै सर्वोच्चले बदर गरेको हो । भरतप्रसाद पुडासैनीलाई हटाएर वन विभागमा उपमहानिर्देशक रहेका सहसचिव थापालाई १२ माघमा जलाधारको महानिर्देशक बनाएका थिए । १३ माघमा सचिव कृष्णचन्द्र पौडेल अमेरिका जाने कार्यक्रम भएकाले अघिल्लो दिन शुक्रबार हतारहतार उक्त निर्णय गरिएको थियो । १५ माघदेखि थापाले जलाधारमा काम थालेका थिए । सहसचिव रहेका कार्यालय प्रमुखलाई काजमा खटाउन नपाउने कानुनी व्यवस्था लत्याएर मन्त्री झाले पुडासैनीलाई तीन महिनाका लागि काजमा 'राष्ट्रपति चुरे कार्यक्रम' संयोजकमा पठाएका थिए । करिब तीन वर्षदेखि महानिर्देशक रहेका पुडासैनी त्यसविरुद्ध सर्वोच्च

गएपछि सरुवा गैरकानुनी ठहरिएको हो । सर्वोच्चले पुडासैनीलाई महानिर्देशकबाट नहटाउन अन्तरिम आदेश दिएको हो ।

थापाले भू तथा जलाधारमा महानिर्देशकका हैसियतमा करिब साता मात्रै काम गर्ने अवसर पाए । पुडासैनीले शुक्रबार पुनः महानिर्देशकमा पद बहाली गरेपछि सहसचिव थापा 'पेन्डुलम' भएका हुन् । उनलाई मन्त्रालयले नयाँ जिम्मेवारी दिइनसकेको प्रवक्ता केपी आचार्यले बताए । मन्त्री झाले भने 'कर्मचारी' का कारण आफूले गरेको सरुवा बदर भएको प्रतिक्रिया दिए । 'म राजनीति गर्ने मान्छे मलाई प्रशासनबारे केही थाहा हुन्न र छैन, कर्मचारीको गल्तीले म विवादमा परें,' मन्त्री झाले कान्तिपुरसित भने, 'दोषी कर्मचारी -सचिव) नै हुन् ।'

पुडासैनीले 'सोयल समूह' मै प्रेमनारायण कँडेल वरिष्ठ छँदाछँदै समूह नमिल्ने तथा आफू र कँडेलभन्दा कनिष्ठ थापालाई महानिर्देशक बनाउन नमिल्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए । विभागमा उपमहानिर्देशक रहेका कँडेल भने 'आर्थिक लाभलगायतका सुविधा बढी पाइने भएपछि' पदै छाडेर करिब तीन वर्षदेखि 'फरेस्ट रिसोर्सेज एसेसमेन्ट' -एफआरए) नामक परियोजनामा कार्यरत छन् ।

उनको आगामी चैतमा उक्त परियोजनामा म्याद सकिँदैछ । म्याद सकिने बेला भएपछि उनले मन्त्रालयका उच्च अधिकारीलाई 'रिझाएर' पुनः म्याद थप्ने गरेको स्रोतको दाबी छ । गत वर्ष पनि म्याद थपाउन र आफ्नो पक्षमा काम गराउन कँडेलले तत्कालीन सचिव नवीन घिमिरे र मन्त्रालयको प्रशासन महाशाखा प्रमुख एकनारायण अर्याललाई करिब एक साता फिनल्यान्ड घुम्ने व्यवस्था मिलाएका थिए । एफआरए परियोजना फिनल्यान्डकै सहयोगमा सञ्चालित छ ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:०८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication