काठमाडौ, माघ २८ -
नयाँपाटी गाविस ७ राईटारस्थित नारायण दाहालले पालेको ब्रोइलर कुखुरामा बर्डफ्लु देखिएपछि आइतबार केन्द्रीय बर्डपmलु कन्ट्रोल रुमले त्यहाँ भएका कुखुरा र दाना नष्ट गरेको छ ।
कन्ट्रोल रुमका अनुसार २ हजार ७ सय ५३ कुखुरा र ५० किलोग्राम दाना नष्ट गरिएको हो । संक्रमित स्थानमा रोग सार्न सक्ने सुलीलगायतका सामग्री पनि नष्ट गरिएको छ ।
कन्ट्रोल रुमले काठमाडौंकै जितपुरफेदी १ फेदीबजारस्थित किशोर तण्डुकारले पालेको ब्रोइलर र्फममा बर्डफ्लु संक्रमण भएका पन्छी, पन्छीजन्य पदार्थलगायत संक्रमण गर्न सक्ने सबै वस्तु नष्ट गरेको थियो । कन्ट्रोल रुमले कुनै पनि स्थानमा अस्वाभाविक रूपमा पन्छी बिरामी भएमा, मरेमा वा शंका लागेमा तत्काल पशु सेवा विभागअन्तर्गतका निकायमा जानकारी गराउन आग्रहसमेत गरेको छ ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:०८
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !