काठमाडौ, माघ २८ -
पाँच वर्षअघि बेपत्ता भएका नेपाली सेनाका सिपाही डन्नप्रसाद पन्थीको अवस्था स्पष्ट गर्नका लागि छानबिन समिति गठन गर्न सर्वोच्च अदालतले नेपाली सेना कार्यरथी विभाग (प्राड विभाग) को नाममा आदेश जारी गरेको छ । सिपाही पन्थी बेपत्ता भएको सम्बन्धमा उनकी भाउजू सरस्वती उपाध्याय पन्थीले गत साउन १९ मा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको आइतबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश दामोदरप्रसाद शर्माको संयुक्त इजलासबाट उक्त आदेश भएको हो ।