Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ५, आईतवार     Login | Register
हेलो शुक्रबार»

पोखरेली फेसन

काठमाडौ, माघ ४ -
पोखराको फेसन शैली बिल्कुलै नयाँ छ । तर समयानुकूल फेसनको क्रेज बढ्दै गएको यो नगरीमा अनोठौ मान्नुपर्ने कारण भने छैन । 'यो फेसनप्रति आएको एउटा सकारात्मक सोचको उपज हो,' नाम कमाएकी मोडल बबिना शर्माले भनिन्, 'यही भएर पनि पोखरा फेसनको सहरका रूपमा विकास भएको हो ।'

हो पनि, उनले भनिन्, झनै यहाँका तन्नेरीको फेसन देखेर आगन्तुकहरू एक पटक टक्क अडिएर हेर्न बाध्य हुन्छन् । कुनै बेला पोखरा आउँदा नायिका अरुणीमा लम्सालले फेसनमा पोखरालाई एक नम्बर बताएकी थिइन् । फेसनको माहोल देखेर उनले भनेकी थिइन्, 'फेसनमा पोखराले राजधानीलाई नै माथ गर्ने रहेछ ।'  

यसमा सही थप्नेमा कलाकार मात्रै हैन, हरेक क्षेत्रका छन् । फेसनको बढ्दो चहलपहलसँगै पोखरा आधुनिक फेसनको होडमा पछिल्ल्ाो क्रममा एक कदम अगाडि देखिएको छ । बलिउड हलिउडका नयाँ शैली अपनाउँदै सोही अनुरूपको फेसन गर्न यहाँका फेसनपारखी उद्यत हुने गरेका छन् । त्यस्तै यहाँका परम्परा नै विदेशी स्टाइलको छ भन्दा फरक नपर्ला ।

विदेशमा बसोबास गनर्ेेहरूको ठूलो जमातले यहाँ सीधै फेसन भित्र्याउने गर्छन् । त्यो फेसनको शैलीलाई यहाँ हरेकले पछ्याउने गर्छन् । यसले पनि पोखरालाई एउटा फेसनको बिल्कुलै नयाँ दुनियाँमा पुर्‍याएको छ । जतिसुकै महँगो किन नहोस् फेसनेवल पहिरन लगाउन यहाँका पारखी कति पनि चुक्दैनन् ।

सामान्यतः २५ हजार रुपैयाँसम्मका महँगा पहिरन लगाउनेको ठूलो जमात सहरमा तयार भइसकेको छ । फेसन गर्न रुचाउने जमातको कारण बुटिक तथा आधुनिक सपिङ सेन्टरको व्यापार बढेको छ । फेसनप्रति देखिएको पोखरेलीको आकर्षणसँगै यस्ता बुटिक, तयारी पोसाकका ठूला पसल सञ्चालन हुने क्रमसमेत ह्वात्तै बढेको छ ।

आफूले रोजेका फेसन स्टाइल यस्ता बुटिकले पूरा गरिदिएका छन् । यही भएर पनि बाहिरबाट पोखरा घुम्न आउनेहरू फेसन हेर्न पोखरा नै आउनुपर्छ भन्ने धारणा राख्छन् । बारम्बार हुने सुन्दरी प्रतियोगिता, फेसन शो, डान्स पार्टीलगायतका गतिविधिले पनि सहरवासीलाई फेसनमा रुचि बढाइरहेको हेयर डिजाइनर दिल सिंह बताउँछन् ।

सहरमै फेसन र मोडलिङ सम्बद्ध वेबसाइटहरू सुरु भएपछि फेसनप्रति लगाव दुई गुना बढेको छ । पोखरासिटी डटकम, लभ्लीपोखरा डटकम, ग्ल्यामर पोखरा डटकम, जक्सन डटकमलगायतका मनोरञ्जनात्मक वेबसाइट यसका लागि तम्तयार देखिन्छन् । यिनीहरूले नयाँ युवतीहरूलाई विभिन्न पहिरनमा फोटोसेसन गराएर वेबसाइटमा राखेर गर्छन् ।

के युवा के युवती सबै यहाँ फेसनको मामिलामा सचेत देखिन्छन् । कुनै बेला नयाँ स्टाइलका पहिरन खरिद गर्न राजधानी छिर्ने यहाँका बासिन्दा अहिले आफ्नै आँगनमा आफूले खोजेजस्तो पहिरन खरिद गर्न पाएका छन् । राजधानीलाई नै माथ गर्ने पहिरन तयार पार्न यहाँका फेसन डिजाइनर नै अभ्यस्त भइसकेका छन् ।  

यसरी पश्चिमेली देशमा भर्खर चल्ने फेसनका कपडाहरू बजारमा आउनेबित्तिकै त्यसको सिको यहाँ हुने गरेको छ । पोखरामा सुन्दरी प्रतियोगिता र फेसन गतिविधिको माहोललाई बढावा दिने रवीन्द्र वज्राचार्य विगत र अहिलेको पोखराको फेसनको माहोल देखेर दंग छन् । 'अहिले त फेसनमा पोखरा निकै अगाडि बढ्यो,' उनले भने । उनले भनेझैं अहिले यहाँ कसले कस्तो फेसन गर्ने भनेर एउटा होडबाजी नै चल्ने गरेको छ । मोडलिङको क्षेत्रमा मात्र हैन सर्वसाधारण हरेकमा फेसनको सोच फराकिलो बनेको पाइन्छ । यही सोचका कारण फेसनलाई पोखरेलीले सहजतापूर्वक ग्रहण गर्ने परिपाटीको विकाससँगै फेसनले पोखरालाई थप एउटा नाम दिएको छ, फेसनको सहर ।


प्रकाशित मिति: २०६९ माघ ५ ०९:३३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication