माघ ४ -
नेपालीहरू हत्तपत्त विदेशी स्वादलाई पचाउँदैनन्, भलै अहिले नेपालमा खाना खाने प्रवृत्तिमा धेरै परिवर्तन आएको छ । खास-खास विदेशी परिकारलाई पनि केही हदसम्म नेपालीपनमा ढाल्ने हो भने त्यसले गजबको लोकपि्रयता पाउनेरहेछ । विदेशी परिकार, नेपाली पारामा अर्थात् पmयुजन खान चाख्ने हो भने गोरमेट उपयुक्त गन्तव्य हो ।
किङ्गस वे जस्तो सहज र काठमाडौंको मध्य भागमा रहेको गोरमेट क्याफे रेस्टुरेन्ट एन्ड बारले अरू कतै नपाइने, धेरै विविधतामा पाइने विशेषता बोक्छ । अर्को अर्थमा भन्दा सबै प्रकारको खाना, एकै थलोमा, यो नै गोरमेटको विशेषता हो । अस्टि्रयाली शब्द हो, यो । त्यसको सम्बन्ध पनि उता खानासँगै छ ।
अंग्रेजी शब्दकोश पल्टाउने हो भने खानाको माध्यमबाट कसैले पाहुनालाई असाध्यै रोमाञ्चक तुल्याउँछ भने त्यो नै गोरमेट हो । यस्तोमा यस रेस्टुरेन्टमा चिनियाँ, थाई, इटालियन, कन्टिनेन्टल, भारतीय र नेपाली सबैखाले खाना पाइन्छ । यो रेस्टुरेन्टको त्योभन्दा पनि ठूलो विशेषता अर्कै रहेको छ ।
सबैलाई सबैखाले खाना उनको स्वास्थ्यअनुसार उपयुक्त नहुन सक्छ । जस्तो, डाइभेटिज भएकालाई अरूले खाए जस्तो खाना कहाँ उपयुक्त हुन्छ र ? तर उनलाई पनि त त्यस्तै खानाको लोभ हुँदो हो । गोरमेटको उपयुक्तता यहीं छ, उसले ग्राहकको आवश्यकताअनुसार खाना पस्कने गर्छ ।
खड्गबहादुर विष्ट यहाँका सेफ हुन्, उनीसँग माल्दिभ्स, सिसेल्स, भानुआतुमा सेफ भएर काम गरेको लामो अनुभव छ । उनी विदेशी खानालाई नेपाली अनुकूल बनाउन माहिर छन्, उनी पmयुजन विशेषज्ञ हुन् । 'त्यसमाथि हामी राम्रो, हाइजेनिक खाना त पस्कन्छौं नै,' उनले भने । कुनै समय गोरेमेट जहाँ थियो, त्यहीं डेलिकेसन थियो ।
ठमेलमा एक दशक बिताएपछि किङ्सवे सरेको डेलिकेसनको लगभग नयाँ रूप हो, गोरमेट । गोरमेटले अहिलेको रूप लिएको भने छ महिनाको हाराहारी मात्र पुगेको छ । 'तर हामीसँग दुई दशक पुरानो रेस्टुरेन्टको अनुभव छ,' यहाँ म्यानेजर रहेका लक्ष्मीनाथ आचार्यले भने । उनको भनाइ मान्ने हो भने यहाँका ग्राहक बढी कलाकार हुने गर्छन् ।
र, केही हदसम्म राम्रै आर्थिक स्थितिका पनि । रेस्टुरेन्टको क्षमता जहाँ ८५ रहेको छ, त्यहीं यो रेस्टुरेन्ट बिहान ७.३० देखि राति ११ बजेसम्म खुल्ने गर्छ । यहाँ प्रत्येक साँझ संगीतको माहोल चल्ने गर्छ नै । 'हामीले जति पनि पाहुनाको सेवा गरेका छौं, तिनीहरू खुसी भएकै छन्,' आचार्यको दाबी छ ।