Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
हेलो शुक्रबार»

बैतडी फ्याक्टर

माघ ४ -
अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेट एकपछि अर्को सफलता चुम्दै अघि बढिरहेको छ । सन् २०१२ मा मलेसियामा जितेको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ र त्यसको एक महिनापछि यूएईमा एसीसी ट्रफीमा च्याम्पियन बनेको नेपालले त्यसैअनुरूप पहिचान पनि बनाउँदै लगेको छ । एसियाली क्रिकेट काउन्सिल -एसीसी) ले वाषिर्क रूपमा निकाल्ने सन् २०११-२०१२ को वरीयतामा मलेसिया र वान-डे मान्यता प्राप्त अफगानिस्तानलाई पछि पार्दै लगातार दोस्रो वर्ष नेपाल पहिलो स्थानमै रह्यो । यसअघि नेपालले सिनियरस्तरमा गतिलो प्रदर्शन नगरे पनि उमेर समूहमा पाएको सफलताले अन्य एसोसिएट देशभन्दा अघि राखेको थियो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालका खेलाडीले यसपल्ट बल र ब्याटले 'गोरखाली बहादुरी' देखाइछाडे ।





अब कुरा गरौं, नेपालको केन्द्र काठमाडौंबाट झन्डै ९ सय किलोमिटर टाढा रहेको कणर्ालीपारिको क्षेत्र सुदूरपश्चिमको । २०६१ सालअघि सुदूरपश्चिम क्रिकेटमा गुमनामजस्तै थियो । त्यहाँ खेलाडी हुन्थे र खेल पनि, तर उनीहरूले प्रतिभा देखाउने अवसर भने कमै पाउँथे । 'त्यही भएर हामी क्षेत्र नम्बर-५, नेपालगन्जबाट छुट्टयिौं,' क्षेत्र नम्बर-६ बैतडीलाई २०६१ सालमा नयाँ क्षेत्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका तथा हाल नेपाल क्रिकेट संघ -क्यान) का उपाध्यक्ष चतुरबहादुर चन्द भन्छन् । त्यसपछि यो क्षेत्रका खेलाडीले आफ्नो प्रतिभालाई केन्द्रमा गएर देखाउने अवसर मिलेको उनको निष्कर्ष छ ।

सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लामा अहिले क्रिकेट संघ छन् । सायद त्यसैको पनि प्रभाव होला, बैतडी अहिले नेपाली क्रिकेटको नयाँ शक्तिका रूपमा उदाएको छ । एक मात्र जिल्ला बाजुरामा क्रिकेट संघ छैन ।

बैतडीले २०६५ सालमा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको उपाधि जित्दै घरेलु प्रतियोगितामा उपाधिको डेब्यु गर्‍यो । सायद त्यो नै उसको घरेलु क्रिकेटमा पहिलो गहकिलो खुट्किलो थियो । त्यसपछि यसै वर्ष काठमाडौंमा भएको यू-१६ र यू-१९ पुरुष दुवैमा बैतडीले उपाधि जित्यो । दीपेन्द्र चन्दको नेतृत्वमा रहेको बैतडीले यू-१६ को फाइनलमा पारम्परिक शक्ति भैरहवालाई ६ विकेटले हराएको थियो । घरेलु क्रिकेटका शक्तिहरू काठमाडौं, नेपालगन्ज, भैरहवा, विराटनगर जस्ता टिमलाई बैतडीले पछारिसक्यो । यू-१९ मा  सुरेन्द्र चन्दको कप्तानीमा रहेको उसले वीरगन्जलाई ४ विकेटले हराएको थियो ।

बैतडीलाई पहिलो पल्ट उपाधि दिलाउँदा महिला टिमकी कप्तान थिइन्, रितु कनौजिया । उनले पछि एकपल्ट नेपाली महिला सिनियर टिमको नेतृत्व पनि गरिन् । उनी नेपालका तर्फबाट सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गर्ने पहिलो र अहिलेसम्म एक मात्र बैतडीकी खेलाडी पनि हुन् । उमेर समूहमा भने सन् २०१२ मा मलेसियामा भएको यू-१६ एलिट कपमा दीपेन्द्रले नेपाली टिमको नेतृत्व गरे । रितुले सन् २००९ मा मलेसियामा भएको एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पिनसिपमा कप्तानीको जिम्मेवारी सम्हालेकी थिइन् ।

यसपल्ट काठमाडौंमा भएको सिनियर पुरुष वान-डे र ट्वान्टी-ट्वान्टी क्रिकेटमा बैतडीले खुलेर खेल्यो । वान-डेमा सेमिफाइनलमै रोकिए पनि उसले ट्वान्टी-ट्वान्टीमा फाइनलसम्मको यात्रा तय गरेको थियो । आक्रामक ब्याट्सम्यान विनोद भण्डारीको नेतृत्वमा रहेको बैतडी फाइनलमा राष्ट्रिय टिमको जमात र पारस खड्काको नेतृत्वमा रहेको विभागीय टिम एपीएफ क्लबसँग हार बेहोर्‍यो । खेल एपीएफले जित्यो तर दर्शक, प्रशिक्षक र अन्य खेलाडीको मन भने बैतडीकै खेलले तान्यो । स्वयं प्रतिद्वन्द्वी टिमका कप्तान पारसले पनि बैतडीको प्रर्दशनको खुलेर प्रशंसा गरे ।

बैतडी प्रशिक्षक वासुदेव जोशीले टिम दोस्रो भएपछि भनिहाले, 'हाम्रो यसपल्टको लक्ष्य फाइनल पुग्नु थियो । च्याम्पियन बन्नका लागि अर्कोपल्ट तयारी गर्छौं ।' राष्ट्रिय टिममा पनि खेलिसकेका विनोद, स्पिनर भुवन कार्की र सिम बलर चन्द्र साउद सामेल बैतडी टिमलाई वान-डेमा 'अन-लक्की' टिम पनि भनियो । टिमले राम्रो खेल्दाखेल्दै फाइनल पुग्न सकेन । युवा खेलाडी नरेश बुढाएर, विनोद लामा, यज्ञमान कुमालको उपस्थितिमा उसले ट्वान्टी-ट्वान्टीमा राम्रो कम-ब्याक गर्‍यो ।

कुनै समय राष्ट्रिय पुरुष टिममा बैतडीका खेलाडी हुँदैनथे । त्यस बेला नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पनि हासिल गरेको थिएन । पहिलोपल्ट त्यो क्षेत्रबाट उमेर समूहमा यू-१९ प्रतियोगिता प्रेम चौधरीले खेले । सिनियर टिममा भने धीरेन्द्र चन्दले डेब्यु गरे । सुदूरपश्चिमका दार्चुला र बैतडी भारतको उत्तराखण्डसँग जोडिएको छ । त्यहाँ सबैभन्दा बढी क्रिकेट खेलिने दुई सहरी जिल्ला कञ्चनपुर र कैलाली भारतको उत्तर प्रदेशको छिमेकी हुन् ।  

भारतमा क्रिकेटलाई धर्म र क्रिकेटरलाई भगवान्को दर्जा दिइन्छ । 'त्यसैको प्रभाव परेर होला यहाँको क्रिकेट सोचेभन्दा तीव्र रूपमा अघि बढिरहेको छ,' बैतडीको क्षेत्रीय अध्यक्षसमेत रहेका चन्दले भने । बैतडीमा पछिल्लो समय प्रतियोगिता हुन थालेका छन् । पूर्वखेलाडी सुवास शाहीले कैलालीमा क्रिकेट एकेडेमी चलाइरहेका छन् । 'अभिभावकै आएर आफ्ना बच्चालाई क्रिकेट सिकाइदिन आग्रह पनि गर्न थालेका छन्,' त्यहाँको चर्चित क्रिकेट प्रतियोगिता एसपीए कप आयोजना गर्दै आएका सुवासले सुनाए ।    

नेपाली महिला टिमले एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिपको उपाधि लगातार तीनपल्ट -२००८, ०१० र ०१२) जित्दा बैतडीका खेलाडीहरूको महत्त्वपूर्ण भूमिका रह्यो । उसका सोनु खड्का, माया रावत, मनीषा रावल, जानकी भट्टजस्ता खेलाडीले दमदार प्रदर्शन गरेका थिए । त्यसमा पनि सोनु त नेपालले तीनैपल्ट उपाधि जित्दा टिमको महत्त्वपूर्ण सदस्य थिइन् ।

उमेर समूहमा गतिलो प्रदर्शन गर्दै आइरहेका सुदूरपश्चिमका युवाहरू पछिल्लो समय राष्ट्रिय टिममा पनि पूर्ण रूपमा जमेका छन् । नेपालले डिभिजन-४ को उपाधि जित्दा टिमसँगै सुदूरकै प्रदीप ऐरी नायक बने । चन्द्र साउद पनि टिमका महत्त्वपूर्ण सदस्य थिए । यूएईमा एसीसी ट्रफी एलिटमा नेपाल च्याम्पियन बन्दा प्रदीप, विनोद भण्डारी र भुवन कार्की अन्तिम १४ मा परेका थिए । अहिले सुदूरपश्चिमका खेलाडीबिना राष्ट्रिय टिमको कल्पना गर्न पनि गाह्रो हुनेछ ।

करिब २० लाख जनसंख्या रहेको सुदूरमा सधैं म्याटमा मात्र क्रिकेट खेले पनि त्यहाँका प्रतिभाले राष्ट्रियस्तरका प्रतियोगितामा सफलता हात पारिरहेका छन् । पहाडी जिल्लामा खेल्दा मैदान अभाव हुने, बल हराउनेजस्ता विभिन्न समस्याका बाबजुद पछिल्लो समय क्षेत्र नम्बर-६, बैतडीको क्रिकेट दौडिरहेको छ । 'सरकार र क्यानले यहाँको क्रिकेटलाई राम्रो लगानी गर्ने र विकासको पूर्वाधार बनाइदिने हो भने धेरै युवा प्रतिभा जन्मने छन्,' चन्दले दाबी गरे ।

संयोग नै मान्नुपर्छ । जब सुदूरपश्चिमको क्रिकेट अघि बढ्न थाल्यो र उसले आफूलाई घरेलु क्रिकेटमा नयाँ शक्तिका रूपमा प्रस्तुत गर्‍यो सोही क्षेत्रबाट सम्मिलित खेलाडीहरूले नेपाली राष्ट्रिय टिम पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको सिँढी चढिरहेको छ । र, बैतडी फ्याक्टरले अझै माथि लैजान मद्दत गरिरहनेछ ।


प्रकाशित मिति: २०६९ माघ ५ ०९:२९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बन्द गद्र्यो रे ?!... ढोकामात्रै कि झ्याल पनि ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication