धनगढी , माघ ४ -
देशकै सर्वाधिक धनराशिको होटेल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि धनगढीमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा एसपीए कलेज, धनगढी र सिद्धनाथ बहुमुखी क्याम्पस कञ्चनपुर प्रतिस्पर्धा गर्दैछन् । नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीले जनाएको छ ।
पाँच लाख रुपैयाँ पुरस्कार धनराशिको प्रतियोगितामा १६ कलेजले भाग लिएका छन्् । प्रतियोगिताको विजेताले २ र उपविजेताले १ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र विभिन्न विधामा उत्कृष्टले २५ हजार रुपैयाँ पाउने छन् ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:५३
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?