Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
देश»

छोटकरी

माघ ४ -
उपचार खर्च नहुँदा बालकको बिचल्ली

स्याङ्जा -कास)- उपचार खर्च नहुँदा ब्रेन ट्युमर भएका स्वरेक ५ का ११ वषर्ीय समिर खाँण बिचल्लीमा परेका छन् । छोराको उपचारका लागि सहयोग गरिदिन हारगुहार गर्दै आमा रिता काठमाडांैमा छिन् । 'बल्ल शल्यक्रिया सकियोे, डाक्टरले कान्ति बाल अस्पतालमा लैजान भनेका छन्,' छोराको उपचारका लागि खर्च नहुँदा रिताले दुःखेसो पोखिन्, 'त्यहाँ उपचारका लागि लैजाने पैसा नै छैन, शल्यक्रियाको डेढ लाख रकम चन्दा र ऋण गरेर बल्लबल्ल तिरेँ ।' खाँणका अनुसार कान्ति बाल अस्पतालमा उपचारका लागि डाक्टरले कम्तीमा पनि ३ लाख खर्च हुन्छ भनेका छन् । हालसम्म्ा उपचारका लागि करिब सात लाख खर्च भइसकेको छ । 'उपचारको खर्चले घरबास नै उठ्न लागिसक्योे, तैपनि छोरोलाई अझै सञ्चो भएको छैन,' उनले भनिन् ।



बरबुझारथ नगर्नेको तलब रोक्का

सर्लाही -कास)- जिविसले सरुवा हुँदा बरबुझारथ नगरी हिँडेका २५ गाविस सचिवको तलब रोक्का गर्ने निर्णय गरेको छ । बरबुझारथ नगर्ने सविचको पुसदेखिको तलब रोक्का गरिएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । पुस २५ सम्म बरबुझारथ गर्न म्याद दिँदा पनि अटेर गर्नेको तलब रोक्का गरिएको हो । 'तोकिएको सयममा बरबुझारथ नगर्नेको तलब रोक्का राख्ने निर्णय भयो,' उनले बिहीबार भने, 'बरबुझारथ गरेपछि मात्र उनीहरूले तलब पाउँछन् ।' गाविस सचिवको प्रत्येक महिना हुने मासिक बैठकमा बरबुझारथ नगर्नेको नामावली संकलन गरी तलब रोक्का गर्ने निर्णय गरिएको थियो ।



रारा एफएममा तालाबन्दी

मुगु -कास)- एमाओवादीले रारा एफएममा सातादेखि तालाबन्दी गरेपछि सम्पूर्ण प्रसारण सेवा प्रभावित भएको छ । पार्टी विभाजित भएपछि एफएमको आर्थिक लगानी भागबन्डा हुनुपर्ने भन्दै गत बिहीबारदेखि तालाबन्दी गरेको हो । तालाबन्दीपछि त्यहाँ कार्यरत सञ्चारकर्मी अन्योलमा परेका छन् । एफएमको लगानी पारदर्शिता र भागबन्डा गर्न नचाहेपछि पार्टी निर्णयबाटै बाध्य भएर तालाबन्दी गर्नुपरेको एमाओवादीका जिल्ला समिति सहसंयोजक सुकवीर बुढाले बताए । भागबन्डाबारे एफएम सञ्चालक मंगलबहादुर शाही प्रतिकले सहमति नभएसम्म ताला नखोल्ने बताए । उनले भने, 'नेकपा-माओवादी जिल्ला समिति सेक्रेटरी मानव प्रकाशसँग केही कुराकानी भए पनि समाधान होलाजस्तो छैन ।' डेढ वर्षअघि सञ्चालनमा आएको उक्त एफएम नेकपा-माओमादी पक्षको मानिएको छ ।



उद्धार गरिएका मजदुरलाई यातायात खर्च

सिरहा -कास)- जिल्ला अदालत सिरहाले बेल्हा ४ स्थित ओम इँटा उद्योगबाट उद्धार गरेका मजदुरलाई ५/५ सय रुपैयाँ यातायात खर्च वितरण गरेको छ । भारत उत्तर प्रदेश सिम्बल जिल्ला फत्तेपुर गाउँका ३० मजदुर सपरिवार मजदुरी गर्न उक्त इँटा भट्टामा दुई महिनाअघि आएका थिए । अदालतले इँटा उद्योग सञ्चालक विजय मण्डललाई अदालतमै झिकाएर २५ हजार रुपैयाँ लिई यातायात खर्च पीडित मजदुरलाई दिएको हो । अदालतले ५ वर्षमाथिका सबै बालबालिका गरी ५० जनालाई उक्त रकम वितरण गरेको अदालतका श्रेस्तेदार दुर्गाबहादुर भुसालले बताए । उनका अनुसार सर्वोच्चको आदेशानुसार उद्धार गरिएका मजदुरलाई छिमेकी भारतको मधुवनी जिल्लाका डीएमसाग समन्वय गरी स्वदेश फिर्ता गर्ने तयारी गरेका थिए ।



बसले किचेर मृत्यु

दैलेख -कास)- सुर्खेतबाट दैलेख आउँदै गरेको यात्रुबसले किच्दा माथिल्लो डुंगेश्वरमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यपश्चिम यातायातको ना२ख ५५६९ नम्बरको बसले किचेर डाडापराजुल ७ मा अस्थायी बस्दै आएका रुकुमका ५५ वषर्ीय बुद्धिराम बुढाथोकीको ज्यान गएको हो । बुधबार राति दैलेखबजार आउँदै गर्दा सडकबाट बायाँतर्फ उछिट्टनि पुगी आगो तापिरहेका बुढाथोकीलाई च्यापेको थियो । आगो ताप्दै गरेका अन्य दुई जना घाइते छन् । घाइतेको सुर्खेतमा उपचार भइरहेको छ । छिमेकीको मृत्युपछि डुंगेश्वरबासीले बिहीबार दिनभर दैलेख-सुर्खेत खण्डमा यातायात चल्न दिएनन् । मृतकका परिवारले ५ लाख  नपाएसम्म यातायात सुचारु हुन नदिने अडान राखेका छन् । प्रहरी, बस व्यवसायी र दलसहितको वार्ता टोलीले यातायात सुचारु गराउन पहल गरिरहेको छ ।



लागूपदार्थसहित ३ पक्राउ

रसुवा -कास)- चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट शंकास्पद लागूऔषध ल्याउँदै गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने थुमन ९ का तारा तामाङ, थुमन १ का पेम्बाडिन्डु तामाङ र धादिङ सेर्तुङ ५ का डुलमाया तामाङ भनिने कान्छीमायालाई शंकास्पद खैरो धुलो ४ सय ५० ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरीका निरीक्षक भागेन्द्रपुरुष ढकालले बताए । उनीहरूलाई शुक्रबार दिउँसो सीमा प्रहरी चौकी टिमुरेले नियन्त्रणमा लिई सदरमुकाम धुन्चे ल्याएको हो ।



नवजात शिशु मृत फेला

सुर्खेत -कास)- उत्तरगंगा ९ जलेश्वर मन्दिर पछाडि दुई नवजात शिशु मृत फेला परेका छन् । सुर्खेतका प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानले सालनालसहितका दुई नवजात शिशु बिहीबार मृत भेटिएको जानकारी दिए । कपडाले बेरिएको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको हो ।



सडक मर्मत माग्दै घेराउ

विराटनगर -कास)- आफ्नो गाउँको सडक मर्मतमा ध्यान दिन माग गर्दै उर्लाबारी र मधुमल्ला बासिन्दाले बिहीबार यहाँस्थित डिभिजन सडक कार्यालय तीन घन्टा घेराउ गरेका छन् । तीन वटा बस रिजर्भ गरी उर्लाबारी-मधुमल्ला- तोरीवारी सडक निर्माणमा दबाब दिन आएका बासिन्दाले निरन्तर गुहार लगाए पनि सरकारले ध्यान नदिएको गुनासो गरे । सडक कालोपत्रे संघर्ष समिति संयोजक मानबहादुर श्रेष्ठका अनुसार ०२८ सालमा ट्रयाक खोलिएको साँढे १२ किलोमिटरको उक्त सडकका लागि सरकारले तीन वर्षअघि ९ करोडमा ठेक्का काठमाडौंको प्रेराज्योति कन्स्ट्रक्सनलाई दिएको थियो ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:४५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication