Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
देश»

पेस्की फछ्र्यौट पत्रले उपमहानगरपालिकामा खैलाबैला

वीरगन्ज, माघ ४ -
स्थानीय विकास मन्त्रालयले वषार्ंैदेखि पेस्की फछ्र्यौट नगर्ने कर्मचारीलाई निलम्बन गर्न निर्देशन दिएपछि वीरगन्ज उपमहानगरपालिकामा खैलाबैला मच्चिएको छ । पेस्की लिएर वषार्ंैदेखि फछ्र्यौट नगर्ने कर्मचारी तथा संघसंस्थालाई उपमहानगरपालिकाले अन्तिम पटक भन्दै बिहीबार ७ दिने पत्र काटेको छ । पेस्की फछ्र्यौटका लागि बिहीबार निवेदनसमेत आएको लेखा फाँटले जनाएको छ । पत्र काटेको ७ दिनमा फछ्र्यौट नगरे कर्मचारीलाई निलम्बन गरिने उपमहानगरपालिका कार्यकारी अधिकृत दिनेश घिमिरेले बताए । मंगलबार उपप्रधान तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वमा आएको उच्चस्तरीय टोलीले दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएको थियो । २ सय ६७ कर्मचारीले २ करोड १७ लाख र विभिन्न संघसंस्थाको २१ करोड ७८ लाख रुपैयाँ बेरुजु रहेको कार्यालयले जनाएको छ । 'कर्मचारीले मात्र पेस्की लिन मिल्ने कर्मचारी कल्याण कोषबाट तीन जना पूर्वकार्यकारी अधिकृतले लिएको पेस्कीसमेत फछ्र्यौट भएको छैन,' उपमहानगरपालिका कर्मचारी एसोसिएसन अध्यक्ष सोहन थापाले भने, 'पूर्व हाकिमहरूलाई पनि पत्र काट्नुपर्छ ।'  पूर्वकार्यकारी अधिकृत गेनाथ भण्डारी अझै सरकारी सेवामै छन् भने अन्य दुुई अवकाश पाइसकेका छन् । उपमहानगरपालिका अधिकारीहरूले उनीहरूको नाम सार्वजनिक गरेको छैन । खरिदार सुधीरजंग राणाको नाममा सर्वाधिक ६५ लाख पेस्की फछ्र्यौट हुन बाँकी छ । ५ वर्षअघि छायादेवी वृद्ध भत्ता वितरणका लागि खरिदार राणाले उक्त रकम लिएका थिए । अर्का खरिदार किशोरसिंह राजपुतका नाममा पनि २५ लाखभन्दा बढी फछ्र्यौट हुन बाँकी छ । कर्मचारीमात्र होइन पार्टी प्रतिनिधिले समेत ५ लाख रुपैयाँ पेस्की लिएका छन् । राणाले वडा सचिवमार्फत उपमहानगरपालिकामा भत्ता वितरण गरेको बताएका छन् । ४५ लाख रुपैयाँ फछ्र्यौटका लागि लेखा फाँटलाई बिलसहित पेस गर्दा पनि फछ्र्यौट नभएको उनले बताए । तत्कालीन लेखा प्रमुख सुमन श्रेष्ठको मिलोमतोमा वृद्ध भत्ताको रकम हिनामिना भएको कर्मचारी स्रोतको दाबी छ । त्यसैगरी धेरै पेस्की फछ्र्यौट नगर्नेमा ठेकेदारहरू पनि छन् । सवारी करका ठेकेदार जयप्रकाश महतोले १ करोड ८ लाख ३३ हजार, माछा पोखरीका ठेकेदार भूपेन्द्र पौडेलले ६ लाख २६ हजार र स्वीमिङ पुलका ठेकेदार कनैया गोयलले ७ लाख १७ हजार पेस्की फछ्र्यौट गरेका छैनन् । श्रेष्ठपछि लेखा प्रमुखमा आएका अन्य अधिकृतले कमिसनको लोभमा फछ्र्यौट नगरेको ती कर्मचारीले

बताए । कमिसन नदिएकाले फछ्र्यौट गरिदिन तीन पटक निवेदन दिए पनि हालसम्म फछ्र्यौट भएको छैन । फछर्याैट नगर्नेहरूमा पूर्व पार्टी प्रतिनिधि, ठेकेदार कम्पनी, राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी सघंसंस्था एवं स्टेसनरी पसल, छापाखाना र चिया पसलसमेत रहेका छन् ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:४४

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication