बुटवल, माघ ४ -
रुपन्देहीको हर्नैयास्थित कारमारेगाउँ । चौधरीको बाक्लो बस्ती । गरिबी र अशिक्षा व्याप्त । घरको चुलोचौकोमा मात्र सीमित महिला । परपुरुष आयो कि घुम्टोले मुख छोप्ने प्रचलन । यस्तो गाउँमा जुन बनेर उदाएकी थिइन् वसन्ती चौधरी -४० वर्ष) । उनैको हत्याले कारमारे मात्र होइन, सिंगो हर्नैया नै शोकमग्न छ । 'घरपरिवारमा झगडा होस् या कसैलाई आर्थिक समस्या । वसन्ती दिदी समाधानका लागि लागिपर्नु हुन्थ्यो ।' मंगलबार वसन्तीका घरमा भेटिएकी स्थानीय जानकी चौधरीले भनिन्, 'उहाँको हत्याले हाम्रो त आशाको दियो नै मारिदिए ।' उनकै सहयोगमा वचत समूहमा आवद्ध भएर बाख्रा पालन गरेकी उनले अब यसलाई निरन्तरता दिन पनि समस्या हुने बताइन् । 'उहाँ हुनुहुन्थो र पो सबै थियो । घरबाहिर निस्कन पाउँथ्यौँ' जानकीले भनिन् । हत्याको कारण नजानेकी उनले अगुवाइ गरेकै रिसमा कसैले हत्या गरेको पनि हुन सक्ने आशंका गरिन् । सामान्य परिवारकी साक्षर स्थानीय चौधरी आमा समूहकी संयोजक, धैर्यता महिला वचत तथा ऋण सहकारी संस्थाकी सदस्य तथा महिला विकास कार्यालयको महिला वचत समूह सदस्य थिइन् । उनकै अगुवाइमा गाउँमा साक्षरता कक्षा चलेर केही महिला न्ााम लेख्न सक्ने भएका थिए । श्रीमान्ले चुरा टीका किन्न दिएको पैसा बचाएर वचत समूहमा आवद्ध भएका थिए । त्यसबाटै ऋण लिएर छोराछोरी पढाएका थिए । कसैले कुखुरा त कसैले बाख्रा पालेका थिए । 'वसन्ती यो गाउँकी आँखाकी नानी थिइन्,' पूर्वगाविस अध्यक्ष केशव मिश्रले भने, 'उनको हत्याले हामी शोकाकुल छौं ।' उनीमाथि रिसाउन पर्ने र मार्ने कुनै पनि कारण नदेखिएको उनले बताए । 'जे गरेकी थिइन् राम्रै थियो,' उनले भने, 'अब चेतना जगाउने काम पनि बन्द हुने भयो ।' साग टिप्न खेतमा गएकी हर्नैया ३, कारमारेकी थारू समुदायकी अगुवा ४० वषर्ीया वसन्ती चौधरी र घाँस काट्न खेतमा गएकी २८ वषर्ीय आरती लोधको मंगलबार साँझ घाँटी रेटी हत्या भएको थियो । अपराह्न छुट्टाछुट्टै घरबाट १० मिनेट टाढाको खेतमा गएका उनीहरूलाई साँझ ७ बजे ५० मिटर टाढा हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:४४
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?