पाल्पा , माघ ४ -
गोठादी-३ भुटुकेका सहवीर ढेंगाको आम्दानीको स्रोत केही छैन । तर, उनले गाउँमै उच्च शिक्षा सञ्चालन गर्न सापटी खोजेर २ सय ५० सहयोग गरे । खान सुरु गरेको थालको भात छाडेर छिमेकीकोमा गएर ऋण खोजेर विद्यालयलाई सहयोग गर्दा उनले मनमनै सोचे, 'मेरो छोराछोले गाउँमै कक्षा, १२ सम्म पढ्न पाउने भए । अब डेरा खोजेर टाढा गएर बस्नु पर्दैन ।'
उनले मात्र होइन, सोही गाउंकै विनिराम ठाडामगरले पनि विद्यालयलाई धेरै सहयोग गर्न नसके पनि उत्साहका साथ ५० रुपैयाँ दिए । उनले भने, 'हामीले पढ्न नपाए पनि छोराछोले गाउँमै पढ्न पाउने भए भन्ने सुन्दा खुसी लाग्यो ।' उनीहरू लगायत झन्डै ४ सय गोठादीबासीले सातपोख उच्च माविमा विद्यालय सञ्चालन गर्न सकीनसकी सहयोग गरेका छन् । दुई वर्षअघिदेखि सञ्चालन भएको उच्च मावि वाषिर्क झन्डै २ लाख ५० हजार रुपैयाँ घाटा भएपछि विद्यालयले स्वर्ण महोत्सव अवसर पारेर अभिभावकसँग सहयोग अभियान थालेको हो ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:४०
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?