Kantipur

Kantipur

मिति | २०७१ वैशाख ६, शनिबार     Login | Register
शिक्षा र शैली»

"बोलेर होइन, गरेर देखाउँछु"

काठमाडौ, माघ ४ -
अस्पतालको निर्देशकबाट विश्वविद्यालयको उपकुलपति हुँदा केही फरक भएको छ ?

व्यस्तता बढेको छ । जिम्मेवारी बढेको छ । जहाँ गए पनि काम गर्ने मान्छे हुँ । काम भएकै छ । अस्पतालमा म नै थिएँ, त्यहाँ मभन्दा माथि कुलपति पनि छन् । मलाई गाइड गर्ने ऐन पनि छ ।

दुई दशक एक जनाको नेतृत्वमा चलेको विश्वविद्यालयमा एक्कासि तपाईं पुग्नुभयो, नयाँ योजना के छ ?

म एक्कासि पुगेको होइन । सक्षम देखेर निर्विवाद ल्याइएको हुँ । योजनाहरू बोलेर सुनाएर हुँदैनन् । म गरेर देखाउँछु । यति बुझौं, विश्वविद्यालयले सुरु गरेका शैक्षिक कार्यक्रम निरन्तर अघि बढ्ने छन् । नयाँ कार्यक्रम सुरु हुनेछन् । स्रोतसाधनको नयाँ बाटो खोजिने छ । म यस्तो गर्दछु, उस्तो गर्दछु भनेर बोलेर मात्रै के काम ?

तपाइर्ंलाई  त एमाओवादीले रुचाएर ल्याएको रे, होइन ?

म कुनै राजनैतिक दलको लबिङबाट उपकुलपतिमा नियुक्त भएको होइन । प्रधानमन्त्री केयूको कुलपति हुन्छन् । कुलपतिले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्था अनुसार म उपकुलपतिमा नियुक्त भएको हुँ । यसलाई माओवादी लबिङ भन्न मिल्ला र ? भोलि कांग्रेस सत्तामा आउँला । के म कांग्रेस हु ? मजस्तो व्यक्ति माओवादी हुन सकूला ? म जनताको उपकुलपति हुँ । कुनै दल विशेषको होइन ।

तपाइर्ं संस्थामा संघसंगठन खोल्न दिनुहुन्न भन्ने मान्यता राख्नुहुन्छ रे, तपाइर्ं संघसंस्था विरोधी हो ?

अहिलेको जमानामा कसैको विचार रोक्न सकिँदैन । म काम गर्ने मान्छेको सम्मान गर्छु । काम गर्ने मान्छे संसारमा मेरा लागि सबैभन्दा ठूला हुन् । विकासका लागि हुने राजनीति र बन्ने संगठनको म सधैं सम्मान गर्छु । राजनीतिका लागि राजनीति गर्नुभएन । विकासको कुरा लिएर आउने सबैलाई सधैं मेरो ढोका खुल्ला छ । मलाई विरोधी नसम्झनुस् ।

मापदण्ड नपुगेका केही कलेजको सम्बन्धन रोकेकाले पहिलेका उपकुलपतिलाई छोड्न लगाइयो भन्ने कुरा आएको छ, त्यस खालको राजनैतिक दबाब आए काम गर्नुहुन्छ ?

म कुनै राजनैतिक दबाबमा भुक्दिनँ । विश्वविद्यालयका सबै काम नियमसम्मत हुन्छन् । उसका आफ्ना ऐन, नियम र मापदण्डहरू छन् ।  मापदण्ड र प्रक्रिया नपुगेका कुनै पनि कलेजलाई सम्बन्धन दिँदैनाँै । पुगेका रहेछन् भने कसैले दबाब दिनैपर्दैन ।

आगामी दिनमा कसरी अगाडि बढ्नुहुन्छ त ?

म एक्लै छैन । मेरा पछाडि धेरै सहयोगी छन् । एक्लै गएर कहीं पुगिन्न, सबैलाई सँगै लाने हो । सबै अधिकार मैले लिएको छैन, माताहतमा दिएको छु । मैले हेर्ने हो । निर्णय तलबाट भएर आउँछ । यसो गर त्यसो गर भनेर मैले कुनै पनि कुरामा मेरा सहयोगीलाई दबाब दिनुहुन्न, दिन्नँ ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:३९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication