भक्तपुर, माघ ४ -
महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार महिला हिंसा रोक्न जनचेतनामूलक र्याली गरेको छ । देशभर महिला हिंसाका घटना बढ्दै गएपछि र्याली प्रदर्शन गरेको हो ।
प्रहरीको अगुवाइमा भएको र्यालीमा जिल्लाका सरकारी कार्यालयका कर्मचारी, गैरसरकारी संस्थाको सहभागिता थियो ।
भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएको र्याली भक्तपुर नगरको सुकुलढोका, महालक्ष्मी, नागपोखरी, दत्तात्रय, तीनढुंगे, वंशगोपाल, नासमना, दूधपाटीलगायतका नगर परिक्रमा गरी दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।
महिला प्रहरी जवानले घर शान्ति विश्व शान्ति, महिला हिंसा नलुकाऊ, उजुरी गर्ने बानी बसालौं, घरेलु हिंसा अन्त्य गरौं लगायत नारा लेखिएको प्लेकार्ड बोकेर र्यालीमा सहभागी भएका थिए । र्यालीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले हिंसामा परेकी महिलाले आफ्नो पीडा नजिकको प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:३६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?