Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
समाचार»

मन्त्रिपरिषद् बैठक

  • कर्णेल लामा रिहा गर्न सबै उपाय अवलम्बन गरिने
काठमाडौ, माघ ४ -
सरकारले मानव अधिकार हननको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको रिहाइका लागि कूटनीतिक र कानुनीसहित सम्भव हुने सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लामाको रिहाइका लागि बेलायत सरकारसित कूटनीतिक पहल गर्ने, उनका पक्षमा बेलायतमा मुद्दा लड्न कानुन व्यवसायी राख्ने र बेलायती सरकारसित कूटनीतिक पहलसमेत गर्ने निर्णय गरेको जानकारी वनमन्त्री यदुवंश झाले दिए । धरौटीमा छुट्ने भए आवश्यक रकमसमेत उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी झाले दिए । शान्ति सेनामा रहेका लामा बेलायतमा पत्नीलाई भेट्न जाँदा माओवादी सशस्त्र द्वन्द्वकालमा हिरासतमा रहेका व्यक्तिलाई यातना दिई मानव अधिकार उल्लंघन गरेको अभियोगमा बेलायती प्रहरीले पक्राउ गरेको हो । पाँच जनाको मुद्दा फिर्ता सरकारले सत्तारूढ माओवादीका विशालजंग साहसमेत पाँच जना कार्यकर्ताको हत्याको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । माओवादी नेतृत्वको सरकारले राजनीतिक आग्रहका कारण उनीहरूमाथि ज्यान मुद्दा लगाइएको दाबी गरेको छ । साहसहित पाँच जनाको मुद्दा दाङ जिल्ला अदालतमा विचाराधीन छ । सेनामा अब विकास महानिर्देशनालय अब सरकारले सेनाको राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउने निर्णय गरेको छ । जंगी अड्डाको प्रस्तावमा सहायक रथीका सट्टा उपरथी प्रमुख रहने गरी राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउन लागिएको हो । विकास निर्माणको काममा आवश्यक जनशक्तिसहित सेनाको प्राविधिक क्षमता बढाउन महानिर्देशनालय बनाइएको जानकारी एक सैनिक अधिकारीले दिए । मन्त्रिपरिषद्ले राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउन आवश्यक दरबन्दी र दर्जा स्वीकृत गरेको जानकारी वनमन्त्री झाले दिए । मेडिकल कलेजलाई जग्गा सरकारले धनगढीमा सुदूरपश्चिमाञ्चल मेडिकल कलेज स्थापना गर्न ५१.८२ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकार गर्न दिने निर्णयसमेत गरेको छ । स्थापित हटाइए  सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त केशव स्थापितलाई अवकाश दिई योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लागि नियुक्त गरेको छ । स्थापित चार महिनाअघि मात्र नियुक्त भएका थिए ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:३३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बन्द गद्र्यो रे ?!... ढोकामात्रै कि झ्याल पनि ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication