काठमाडौ, माघ ४ -
बिहान दस बज्नै लाग्दा काँडाघारी प्रहरी बिटमा एक बालिका दौड्दै आइन् । सडकबाहिर घाम तापेर उभिरहेकी महिला प्रहरीलाई समातिन् । र भनिन्, ँआन्टी मलाई बाबाले जथाभावी समात्यो ।’
चौकीका प्रहरी तुरुन्त ती बालिकाको घरतर्फ लागे । त्यहाँ पुग्दा एक महिला चिच्याइरहेकी थिइन् । ँनानी बोकेर उता भाग्यो, सर,’ ती बालिकाकी आमा कराइन् । अलि पर ६ महिनाकी नानी च्यापेर दौडिरहेको उसलाई उसलाई प्रहरीले समात्यो । जबरजस्ती करणी अभियोगमा खोटाङका ती जङबहादुर राई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा छन् । घटनाको नालिबेली, बालिकाकै शब्दमा-मेरो घर सिन्धुपाल्चोकको तातोपानी हो । आमाले २ वर्षअघि यो बाबासँग बिहे गरेपछि तातोपानीको बुवाले मलाई काँडाघारीकै एक जना आन्टीको घरमा राखिदिनुभयो । म आन्टीको घरमा बसेर ३ कक्षा पढ्दै थिएँ । अस्ति दसैंमा घर -तातोपानी) गएका बेला मैले बुवालाई आमाबारे सोधें । मामाघरको हजुरआमालाई आमा बस्ने ठाउँ थाहा रहेछ । हजुरआमाले मलाई र बहिनीलाई आमाको घर ल्याइदिनु भयो । आमालाई भेटेर म आन्टीको घर गएँ । तर मलाई आमाबिना बस्न मन लागेन । भागेर आमा भएको ठाउँमा आउँथें । आमाले मलाई नआइज भनेर धेरै पिट्नुभयो । पढाउने, खुवाउने मसँग पैसा छैन भन्दै आन्टीको घरमा पुर्याउन जानुहुन्थ्यो । तर म फेरि भागेर आउँथें । म धेरै भाग्न थालेपछि आमाले आपै+mसँग राख्नुभयो । म र बहिनी आमासँग बस्न थालेको २ महिना जति भयो । आमासँग बस्न थालेपछि फी तिर्न नसकेर स्कुलले निकालिदियो । आमा सधैं बिहान संगतिमा जाने भएकाले म नै खाना बनाउँथें । यो बाबा घरमा रङ लगाउने काम गर्नुहुन्छ ।
बुबाले पहिले पनि मेरो शरीर छामछुम गनुहुन्थ्यो । अस्ति पुस २८ गते दिउँसो बाबा खाना खान घर आउनुभयो । बहिनीलाई घाम ताप्न पठाएर मलाई काम छ भन्दै भित्र लगेर जबरजस्ती गर्नुभयो । म रोएँ, चिच्याएँ । उहाँले मुख थुनिदिनुभयो । कसैलाई सुनाइस् भने तँ, तेरी बहिनी र आमा दुवै जनालाई मार्छु भन्नुभयो । मैले डरले भनिनँ । अस्ति १ गते पनि बाबा दिउँसो खाना खान आउनुभयो र यौन दुव्र्यवहार गर्नुभयो । कसैलाई भने सबैलाई मारिदिन्छु भनेर बहिनी र मलाई भन्नुभयो आमा आएपछि बहिनीले उहाँलाई भनिछ । बुबा आएपछि आमाले उहाँलाई गाली गर्नुभयो । उहाँहरूको झगडा पर्न थालेपछि म दौड्दै प्रहरीमा आएँ र आन्टीलाई सबै कुरा सुनाएँ । अनि प्रहरी गएर बाबालाई समाते ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:३३
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?