Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
समाचार»

इमेजको प्रसारण खुला

काठमाडौ, माघ ४ -
इमेज च्यानलको प्रसारण अवरुद्ध गरिएको पाँचौं दिनमा बिहीबार दिउँसोदेखि खुला गरिएको छ । प्रसारण अवरुद्ध गर्ने केही केबुल अपरेटरहरूलाई सरकारले कारबाही गर्ने भएपछि र चौतर्फी दबाब बढेपछि प्रसारण खुल्ला गरिएको इमेज च्यानलका समाचार प्रमुख महेन्द्र बिष्टले बताए । सूचना तथा सञ्चार मन्त्रालयले इमेज च्यानल, नेपाल टेलिभिजन र एनटीभी प्लसको प्रसारण अवरोध हटाउन बुधबार निर्देशन दिएको थियो । तर, प्रसारण अवरोध गर्ने केही केबुल सञ्चालकहरूले सरकारी निर्देशनको दुई दिनपछि इमेज च्यानलको प्रसारण अवरोध हटाएका हुन् । तर सरकारी टेलिभिजनको अवरोध उनीहरूले बुधबार नै खुल्ला गरेका थिए । 'राष्ट्रिय प्रसारण नियमावली छैटौं संशोधन जारी गरेको' विरोधमा इमेज च्यानलको प्रसारण पुस २९ गते साँझदेखि अवरोध गरिएको थियो । सञ्चार मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी र टेलिभिजन ब्रोडकास्टर्स नेपाल, नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले तत्काल बन्द गरिएका च्यानलको निर्बाध सिग्नल सञ्चालन गराउन सञ्चार मन्त्रालयसँग माग गर्दै त्यसो नभए संघर्षमा उत्रिने चेतावनी दिएका थिए । सरकारी निर्देशन समेतको अवज्ञा गरी राजधानीमा सुबिसु केबुल सञ्चालन गर्दै आएका सुधीर पराजुलीसहित  ५ जना सदस्य रहेको नेपाल केबुल टेलिभिजन महासंघ मातहत गठन गरिएको संघर्ष समितिले सञ्चार मन्त्रालयसँग १७ बुँदे मागपत्र राखेर नेपाली च्यानलहरूको प्रसारण रोकेको थियो । गत मंसिरदेखि लागू गरिएको नियमावली ६ सय हाराहारी केबुल व्यवसायीहरूको पक्षमा नभएको दाबी गर्दै यो समूहले पुस २७ गतेदेखि संघर्षका कार्यक्रम घोषणा गर्दै इमेजको प्रसारण रोकेको थियो । यसैबीच पराजुली उपाध्यक्ष रहेको महासंघले संविधानले ग्यारेन्टी गरेको प्रसारण अधिकार विपरीत टेलिभिजनको केबुल प्रसारण रोक्ने संघर्ष समिति मंगलबार नै खारेज गरेको जनाइसकेको छ । महासंघका अध्यक्ष लक्ष्मी नारायण शाहले संविधानविपरीत काम गरेकाले संघर्ष समिति खारेज गरेको बताएका थिए । सूचना तथा सञ्चार मन्त्रालयले पनि राष्ट्रिय प्रसारण नियमावलीअनुसार उपभोक्ताहरूसँग शुल्क उठाई मनपरी रूपमा च्यानल प्रसारण रोक्न नमिल्ने भनेको छ ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:३३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-17
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication