काठमाडौं -कास)- अध्यागमन विभागमा भोजपुरकी युवती लुट प्रकरणमा तत्कालीन महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखनाथ पोख्रेलको संलग्नता देखिएको अनुगमन समितिको प्रतिवेदन आएलगत्तै उनीहरूलाई कारबाही अघि बढाइने गृह मन्त्रालयले जनाएको छ । गृहका सचिव नवीन घिमिरेले प्रतिवेदन बिहीबार बेलुकासम्म गृह आइनपुगेको जानकारी दिँदै भने, 'प्रतिवेदन आएलगत्तै त्यसैअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।' लुटिएकी युवतीलाई पर्वतकी विमला केसीको नाममा विदेश उडाउने डि्रम्स अनलिमिटेड कम्पनीका प्रबन्धक सुजन आचार्य पक्राउ परेका छन् ।
३३ एसएसपीको सरुवा
काठमाडौं -कास)- गृह मन्त्रालयले बिहीबार ३३ वरिष्ठ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । त्यसमा १४ अञ्चलका प्रहरी प्रमुखसमेत छन् । गृहले महानगरीय प्रहरी अपराध महाशाखामा विजयलाल कायस्थलाई पठाएको छ । काठमाडौंमा काज खटाइएका एसएसपी रणबहादुर चन्दको दरबन्दी त्यहीं कायम गरिएको छ । वागमतीमा रमेशप्रसाद खरेल, नारायणीमा सर्वेन्द्र खनाल, एसएसपी देवेन्द्र सुवेदीलाई यूएन शाखा, पशुपति उपाध्यायलाई कल्याण महाशाखा र पंकज श्रेष्ठलाई प्रशासन महाशाखामा ल्याइएको छ ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:२९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !