Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
मुख्य समाचार»

बाबुद्वारा बेचिइन् छोरी

सुर्खेत, माघ ४ -
घरबाट भागेर भारतको दिल्ली पुग्दा नजिकैकाहरूको जालमा परेर कोठीमा पुगेकी एउटी निरीह महिला बाबुलाई भेटेर घर र्फकन चाहन्थिन् । तर परिस्थिति अर्कै भइदियो । उल्टै बाबुले कोठीबाट छोरीलाई छुटाउनुको सट्टा दुई वर्षअघि  १५ हजार भारु हत्याएर दोस्रोपल्ट बेचिदिएको रहस्य खुलेको छ । कोठी आएको एउटा ग्राहकले समिता -नाम परिवर्तन) लाई त्यसरी बिछट्टै मन नपराएको भए सायद उनी अझै दिल्लीका नर्कजस्तो कोठीमै हुन्थिन् । पछि त्यही ग्राहकसँग भारतमै अदालती विवाह गरेकी उनी माइत आउँदामात्र यस्तो खुलासा भएको हो । आफ्नै गाउँकी ममता वादीले सञ्चालन गरेको कोठीमा पहिले बेचिएकी उनलाई बाबुले समेत रकम लिएर त्यहीँ छाडेका देखिएको प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले बताए । बेचबिखनमा बाबुसहित धेरै जनाको संलग्नता रहेको लिखित बयान दिएको आधारमा थप चार जनालाई पक्राउ गरिएको पनि प्रधानले जनाए । पक्राउ पर्नेमा समिताका बाबु पर्शुराम बुढाथोकी मिजार, सानोजात्रीकै ५२ वषर्ीय बिसे कामी, २२ वषर्ीय ओम मिजार र तुलसी वादी छन् । प्रहरी उपरीक्षक प्रधानले बेचबिखन कार्यमा संलग्न गिरोह धेरै ठूलो रहेको र केही फरार रहेको बताए । पक्राउ परेकी तुलसी वादी ममताकी आमा रहेको र बिसे, ओम कोठी सञ्चालनका सहयोगी भएको प्रहरीले जनाएको छ । 'कोठीमा अझै धेरै नेपाली चेली रहेको पनि ती युवतीले बताइन्,' प्रधानले भने ।

कोठीमा आउने ग्राहक भारतीय नागरिकको प्रेम बसेपछि गत जुन महिनामा उनीहरूले कोर्ट म्यारिजसमेत गरेको बयान तथा कागजपत्र रहेको प्रहरी उपरीक्षक प्रधानले बताए । युवतीलाई मन पराएपछि सम्पर्कका लागि फोन छोडेर गएका ती ग्राहकले कोठीमा प्रहरीले छापा मार्ने क्रममा बाहिर निकालेको बयान प्रहरीलाई उनले दिएकी छन् । कोठीबाट बाहिर निस्केपछि भारतीय प्रेमीसँग बिहे गर्ने क्रममा बाबुलाई पनि ममताले निम्त्याएकी थिइन् । प्रहरीलाई पीडितले दिएको बयानमा पर्शुरामले आफ्नो रोजीरोटी खोसेको भनी ज्वाइँसँग भारु १० हजार समेत असुलेका थिए । यसबाट पर्शुरामले त्यसअघि पनि रकम लिने गरेको आशंकामा बल पुगेको छ । बुवा पर्शुरामले पनि बिक्री गरेको आरोप स्विकारिसकेका छन् । पहिलोपटक छोरी गाउँकै अरूसँग भागेर भारत गएको र पछि आफू भारत गएको समयमा छोरीले छुटाउन आग्रह गरे पनि घरमा आर्थिक समस्या भएको भन्दै १५ हजार लिई छोरीलाई उतै छाडेर फर्केको बयान प्रहरीसमक्ष दिएका छन् । उनलाई बिक्री गर्नेहरू पक्राउ परेको घटना अझै नाटकीय लाग्छ । पीडित युवती र उनका श्रीमान्सहित मैनतडा-३ सानोजात्रीस्थित माइती घरमा आएको बेला बाबुले धम्क्याएका थिए । फर्केर भारत जाने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले जोडीलाई नै पक्राउ गरेको थियो । उनले झन्डै ज्वाइँलाई फसाएका । इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश तामाङका अनुसार बसमा नयाँ अनुहार देखेर सोधपुछ गर्दा युवतीले सबै कुरा बताएपछि सबैभन्दा पहिला बाबुलाई पक्राउ गरिएको हो । तामाङले बसमा सोधपुछ गरी बाबुलाई बोलाइदिन्छौं भन्दा युवतीले मलाई मेरो बाबुले नै पहिला बेचेको हो भन्ने जवाफ दिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको जनाए । यसबारे मैनतडामा अनुसन्धान सुरु गरेको पहरीले जनाएको छ । यसबाट सुर्खेतको पूर्वी क्षेत्रमा मानव बेचबिखनको डरलाग्दो अवस्था उजागरसमेत भएको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार नारायण सापकोटाले जनाएका छन् । उनका अनुसार उक्त मुद्दामा युवतीका बाबुसहित ५ जना प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:२९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication