रौतहट -कास)- सातादेखि बढेको चिसोका कारण कठ्यांगि्रएर यहाँ बुधबार २ जनाको मृत्यु भएको छ । मृतकमा महिला र पुरुष रहेका छन् । शीतलहरले यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यालय एक साताका लागि बन्द भएका छन् । कठ्यांगि्रएर डुमरिया ३ का तुलसी धामी र सरुअठा ५ की बचियादेवी तत्माको मृत्यु भएको प्रहरी उपरीक्षक महेशविक्रम साहले जनाए । तराईमा बढेको शीतलहरले यहाँको जनजीवन प्रभावित भएको हो । चिसोले विद्यालयमा बालबालिकाको संख्या घट्दै गएपछि जिल्लाका शिक्षक संघ, संगठन र युनियनको आग्रहमा जिल्ला शिक्षाले एक साताका लागि सबै सरकारी विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
खच्चड ढुवानीमा अवरोध
खलंगा -कास)- खच्चड व्यवसायीले ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै रुकुम, राडीबजारदेखि डोल्पासम्म व्यापारिक सामान ओसारपसारमा अवरोध गरेका छन् । मालबाहक खच्चड राडीबजारमै बाँधेर व्यवसायीले प्रतिक्विन्टल ५ सय रुपैयाँ ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै अवरोध गरेको राडीका व्यापारी दीपेन्द्र सिंहले बताए । राडीबजारबाट २ देखि ३ दिनसम्म पैदल यात्रा गर्नुपर्ने उक्त बाटामा खच्चड ढुवानीकर्ताले वषर्ाको समयमा प्रतिक्विन्टल ६ हजार र हिउँदे मौसममा ३ हजार ५ सयमा ढुवानी गर्दै आइरहेका थिए । रुकुममा यातायात सञ्चालन भएदेखि छिमेकी जिल्ला डोल्पा लैजाने व्यापारिक सामान एवं खाद्यान्न लैजाने एक मात्र व्यापारिक केन्द्र राडीबजार भएको छ ।
दुर्घटनामा एकको मृत्यु
पाल्पा -कास)- सहलकोट २, पुरन्थरमा मंगलबार साँझ भएको ट्याक्टर दुघर्टनामा दर्छा ८ का २७ वषर्ीय बेलबहादुर कुमालको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । सहलकोटकै लिन्दीमा सामान छाडेर रामपुर र्फकने क्रममा ट्याक्टर दुघर्टनामा परेको थियो ।
दुर्घटनामा घाइते रामपुर ३ का ३५ वषर्ीय मनबहादुर दरैको अवस्था गम्भीर रहेको इलाका प्रहरी रामपुरले जनाएको छ । ट्याक्टर चालक यमबहादुर कुमाल र दरैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर ट्याक्टर सडकबाट झन्डै २ सय मिटर तल खसेको छ ।
चार दिनपछि आगो नियन्त्रण
रसुवा -कास)- यार्सा ६ र ७ मा पर्ने आरुखर्क र लाङगुमा क्षेत्रमा लागेको आगो चार दिनपछि निभेको छ । अहि्रदमन गण कालिकास्थानबाट खटिएको सेना, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीयवासीले आगो निभाएको स्थानीय लोप्साङ तामाङले बताए । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जंगलमा आगलागी भएको हो । यसअघि स्थानीयवासी, निकुञ्जका कर्मचारी र अहि्रदमन गणको कालिकास्थान पोस्टका सेनाको गस्तीले बस्तीतर्फ आउन लागेको आगो नियन्त्रणमा लिई मानवीय क्षति हुनबाट जोगाएका थिए ।