Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ५, आईतवार     Login | Register
देश»

पालमुनि बस्नुपर्दा बन्दी बिरामी

स्याङ्जा, पुस ११ -
जिल्ला कारागार स्याङ्जामा पाल टाँगेर बसेका बन्दी बिरामी पर्न थालेका छन् । क्षमताभन्दा तेब्बर बन्दी भएपछि पालमा पनि उनीहरूलाई राखिएको हो । २५ पुरुष र १० महिला कैदी क्षमताको कारागारमा ७० पुरुष र १३ महिला छन् ।

क्षमताभन्दा बढी राखिएका कारण निकै सास्ती बेहोर्नुपरेको र बिरामी पर्न थालेको बन्दीको गुनासो छ । 'जाडो सुरुसँगै कैदी बिरामी पर्न थालेका छन्,' कैदी टुकमान हमालले भने, 'जाडामा सधैं पालमुनिकै बास भयो ।' अन्य समयभन्दा जाडामा रात काट्न अझ बढी गाह्रो हुने उनले बताए । 'रातभर सुत्न पाइँदैन, दिनभर घरपरिवार पाल्न काम गर्नैपर्‍यो', हमालले भने  ।  कारागार क्षमता नबढाएका कारण वषौर्ंदेखि बन्दीले समस्या बेहोर्नुपरेको चौकीदारले बताए । 'कोठामा नअटाएर बरन्डामा पाल टाँगेर बस्नुपरेको छ', चौकीदार छविलाल पोख्रेलले भने, 'सबैलाई सुत्न नमिलेर पालो गरेर सुत्नुपर्छ ।' बन्दीको व्यवस्थापनका लागि अहिलेसम्म्ा खासै कुनै पहल भएको छैन । 'गुनासो गर्ने निकाय नै भएन', हमालले भने, 'हामीलाई कस्तो छ भनेर कुनै संघसंस्था अनुगमनका लागि समेत आउँदैनन् ।' नेपालभरि कारागारको अवस्था यस्तै हो भन्दै प्रशासनले पनि अहिलेसम्म्ा बन्दीको व्यवस्थापनका लागि कुनै प्रयास गरेको छैन । 'कैदीलाई समस्या छ भन्ने थाहा हुँदाहुँदै केही गर्न सक्ने अवस्था छैन', कारागार प्रमुख मिना पौडेलले भनिन्, 'प्रशासन कार्यालयलाई यसबारे पटकपटक जानकारी गराएका छौं ।' उनले कारागारबाट कुनै पहल गर्न नसकिने बताइन् । 'हाम्रो काम प्रशासनलाई जानकारी गराउने बाहेक अरू कुनै काम गर्न सक्दैनांै', पौडेलले भनिन् ।

'कैदीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे सरोकारसँग मिलेर छलफल गर्नेछौं', निमित्त प्रमुख जिल्ल्ाा अधिकारी शिशिर पौडेलले भने, 'यहाँको मात्र नभएर जुनसुकै कारागारमा रहेको समस्या हो ।' सुरक्षाका कारणले पनि अरू ठाउँमा व्यवस्थापन गर्न पनि समस्या हुने उनले बताए । कारागारमा ४५ कैदरबन्दी र ३८ थुनुवाबन्दी छन् ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:३५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication