काठमाडौ, पुस ११ -
एपीएफ क्लब, क्षेत्र नम्बर ६, बैतडी र क्षेत्र नम्बर ८, पोखरा पेप्सी स्टायन्डर्ड चार्टर्ड ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा बुधबार पुगेका छन् । गत वर्षको उपविजेता एपीएफ एक खेलअघि नै समूह 'ए' को विजेता बन्यो । अब उसले फाइनल प्रवेशका लागि शुक्रबार पोखराको सामना गर्नेछ । पोखरा समूह 'बी' को उपविजेता बन्दै अन्तिम चारमा पुग्यो । उसले ३ मध्ये एकमा जित निकाल्दै २ अंक बटुलेको छ । यो समूहको विजेता भने बैतडी भयो । उसले खेलेका तीनैमा जित निकाल्दै ६ अंक बटुल्यो । क्षेत्र नम्बर ८, जनकपुर र क्षेत्र नम्बर ५, नेपालगन्जको पनि २-२ अंक छन् ।
तर पोखराले हेड टु हेडका आधारमा दुवैलाई पछि पार्यो । सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो बिहीबार हुने क्षेत्र नम्बर ४, भैरहवा र क्षेत्र नम्बर १, विराटनगरको खेलबाट लाग्नेछ । समूह 'ए' का यी दुवै टिमको ४-४ अंक छ ।
भैरहवा र विराटनगरले इन्जिनियरिङ मैदानमा भएको आ-आफ्नो तेस्रो खेलमा जित निकाले । भैरहवाले क्षेत्र नम्बर २, वीरगन्जलाई २९ रनले हरायो । विराटनगरले काठमाडौंलाई १९ रनले निराश पार्यो ।
वीरगन्जविरुद्ध पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभर ३ बलमा १ सय ४२ रनमा समेटियो । उसका निश्चल चौधरीले कृष्ण कार्कीले २४-२४ रन जोडे । जवाफमा वीरगन्जले ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनायो । भैरहवाका सुसान भारीले ३ विकेट लिए ।
काठमाडौंविरुद्ध पहिलो ब्याटिङ गरेको विराटनगरले सन्नी पुनको ५० र मनोज मण्डलको नटआउट ४३ रनमा ५ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । जवाफमा काठमाडौंले ९ विकेटको क्षतिमा १ सय २७ रन मात्र बनायो । प्रमोद बस्नेतले ५२ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा विराटनगरका पुष्पा थापा र महबुब आलमले २-२ विकेट लिए ।
कीर्तिपुर मैदानमा भएका खेलमा बैतडीले नेपालगन्जलाई १० विकेट र जनकपुरले पोखरालाई ५ विकेटले हराए ।
पहिले ब्याटिङ गरेको नेपालगन्जले १७ ओभर ३ बलमा एक सय रनमा अलआउट भयो । बैतडीका सन्तोष भट्टले ५ विकेट तथा भुवन कार्की र विनोद लामाले समान २-२ विकेट लिए । जवाफमा विनोद भण्डारीको नटआउट ७६ र सरोज रावलको नटआउट २० रनमा १४ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा बैतडीले जित दर्ता गर्यो ।
अर्को खेलमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गरेको पोखराले ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । उसका राहुलकुमार विकले ५० रन बनाए ।
जवाफमा अनिल मण्डलको ९४ रनमा जनकपुरले १३ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन जोड्यो ।
प्रकाशित मिति: २०६९ पुस १२ ०८:३३
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !