Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
अर्थ/वाणिज्य»

'नमुना गाउँ’ बिक्रीमा

काठमाडौ, पुस ११ -
परम्परागत निर्माण पद्धति र वास्तुशिल्पी जोडेर बनाइएका नमुना घरहरूको विशेष नमुना गाउँ बिक्रीमा आउने भएको छ । काभ्रेको साँगास्थित सरस्ती डाँडोमा रहेको ५४ रोपनी क्षेत्रफलमा निर्माणाधीन ५० घरको बस्तीलाई 'नमुना गाउँ' भनिने र यसमा आधुनिक शैलीको निर्माण पद्धति उपयोग नगरिने गाउँका परिकल्पनाकार रविन्द पुरीले कान्तिपुरलाई बताए । भक्तपुरको दत्तात्रयमा निर्माण गरेको वास्तुकलायुक्त नमुना घरले सन्् २००४ मा 'युनेस्को अवार्ड' पाएपछि यस्तै सम्पदायुक्त परिकल्पनामा एउटा सिंगो गाउँ निर्माण गर्न आफू जुटेको उनले बताए । 'यी मल्लकालीन सभ्यता झल्काउने घरमा चोटा, दलिन, थाम, बुइगल, पिँढीसमेतको सृजना रहने छ । नमुना गाउँमा विकास र प्रविधिका चरम भौतिक साधनहरू होइन, ढुंगेधारा, पाटी, चैत्य, मन्दिर, चौतारोको बाहुल्य रहने छ,' उनले भने । स्पेनिस प्राचीन सहरका पुराना घरहरूको पुनर्निर्माणमा जुटेका स्पेनी नागरिक फर्नान्डो पालाजुयेलोसँगको सहकार्यमा ५ वर्षयता नमुना गाउँ बनाउन जुटेका पुरीले यही शनिबार गाउँमा बनेका तीनव टा नमुना घरको प्रदर्शनी तथा बुकिङ आरम्भ गर्ने भएका छन्् । ७० लाखदेखि १ करोड १० लाख रुपैयाँसम्म पर्ने यी घरमा ५ आनादेखि ११ आनासम्म जग्गा रहने उनको योजना छ । पुरीले नमुना घर निर्माणमा बुकिङ गरेको एक वर्षपछि घर जिम्मा लगाइने जानकारी दिए ।  उनका अनुसार ढुंगा, इटा, माटो र डाचीका भिन्न स्वरूपमा बन्ने अढाइतले घर 'लोड बेरिङ' पद्धतिमा आधारित हुने छन् । भूकम्प प्रतिरोधक नमुना घरका झ््याल, ढोका र दलिनमा आलस तेलको परम्परागत चहक झल्काइने र सिमेन्ट, प्लास्टरको साटो यो पद्धतिमा चुन तथा इटाको धूलो मिसाएर बनाइएको सुर्की उपयोग गरिने जानकारी दिए । 'व्यवसायभन्दा बढी सेवा र नमुना कामको अर्थमा यो योजना अघि सारेको हुँ,' पुरी भन्छन््, 'हाउजिङका नाममा आफ््नोपना र वास्तुशिल्पीलाई भुल्ने काम गरिनुहुन्न भन्ने मान्यता मैले राखेको छु ।'

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication