Kantipur

Kantipur

मिति | २०७१ वैशाख ६, शनिबार     Login | Register
अर्थ/वाणिज्य»

घुम्ने क्षेत्रको उत्कृष्ट तेस्रो सूचीमा मुस्ताङ

काठमाडौ, पुस ११ -
आउने वर्ष कतै घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने विदेश यात्राको सोच त्यागिदिनुस् किनकि नेपाल पनि कम आकर्षक छैन । हालैको एक अन्तर्राष्ट्रिय सर्वेक्षण भन्छ, 'मुस्ताङ विश्वको तेस्रो गन्त्यव्य हो ।'

अन्तर्राष्ट्रियस्तरमा निकै चर्चित गाइडबुक लोन्ली प्लानेटको सर्वेक्षणले विश्वका धेरै गन्तव्यलाई उछिन्दै २०१३ मा यात्रा गर्न सकिने उत्कृष्ट तेस्रो क्षेत्र -बेस्ट रिजन) का रूपमा मुस्ताङलाई अगाडि सारेको छ ।

सर्वेक्षणले 'एक साताको घुमाइमा व्यक्तिगत जीवनको सम्पूर्ण थकावट एक चुट्कीमा मेटाउने क्षमता मुस्ताङमा रहेको' औंल्याउँछ । यता मुस्ताङ घुम्न नेपालीका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ पर्याप्त हुने व्यवसायीहरू बताउँछन् ।

यसको संस्कृति, वातावरण र प्राकृतिक बनावटले मुस्ताङलाई सबैका लागि एकपटक जाने इच्छा भएको गन्तव्य बनाएको छ । यो क्षेत्रलाई 'निषेधित राजधानी' पनि भनिन्छ । घुम्नका लागि जति गए पनि यहाँ बाहिरी क्षेत्रका कोही पनि गएर बस्न पाउँदैनन् ।  

सीएनएन वेबसाइटलाई उद्धृत गर्दै प्लानेटले लगातार पर्यटक बढिरहेको स्थितिमा कम खर्चमा राम्रो गन्तव्य घुम्ने राम्रो विकल्प नेपाल भएको उल्लेख गरेको छ । हिमालयन हाइकिङसँगै कुनै पनि क्षेत्रले पर्यटकलाई नयाँ अनुभव सँगाल्ने मौका नेपालले दिने पनि प्लानेटले लेखेको छ । लाखौं लाख पर्यटक घुम्न जाने महत्त्वपूर्ण सहरका विभिन्न क्षेत्रलाई मुस्ताङले पछि पारेको छ ।

प्लानेटको उत्कृष्ट क्षेत्रको अग्रपंक्तिमा भने प|mान्सको कोरसिका र दोस्रो स्थानमा इजरायलको नेभेग परेको छ ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication