Kantipur

Kantipur

मिति | २०७१ वैशाख १२, शुक्रबार     Login | Register
अर्थ/वाणिज्य»

मोबाइल गुणस्तर नीतिमै सीमित

काठमाडौ, पुस ११ -
तीनकुनेका प्रभात पोखरेलले मंगलबार बिहान साथीलाई फोन लगाए । घन्टी पनि बज्यो तर उठेन । एक घन्टापछि भेट्दा साथीले फोन नआएको सुनाए । 'नपत्याएर मोबाइल हेर्दा त्यहाँ मिस्डकल थिएन,' भट्टराईले सुनाए, 'कसलाई फोन गयो थाहा भएन ।' यो समस्या भट्टराईको एक्लो होइन, सबै प्रयोगकर्ताले झेल्नु परिरहेको छ । मोबाइल सेवा प्रदायक कम्पनीले सिमको संख्यासरह गुणस्तरमा ध्यान नदिँदा प्रयोगकर्ताको समस्या बढ्दो छ । सँगै कम्पनीकै समस्या पनि लोडसेडिङले बढाइदिएको छ । 'लाइन नहुँदा जीएसएममा नेटवर्क एउटै देखाउँदैन,' अर्का मोबाइल प्रयोगकर्ता विष्णु भट्टराईले भने, 'त्यसैले सीडीएमए किनेको छु ।' मोबाइल प्रयोगकर्ताको यस्ता गुनासा पुराना होइनन् । सँगै सुधारका प्रयास पनि हालसालैबाट थालिएको होइन । करिब १० महिनाअघि नियमक दूरसञ्चार प्राधिकरणले तीन सेवा प्रदायक कम्पनीको गुणस्तर अध्ययन गरेर ६ महिनाभित्रै सुधार गर्न निर्देशन दिएको थियो । सबै कम्पनीलाई चिठी पठाएर प्राधिकरणले सुधार नगरे लाइसेन्स खारेजसम्म गर्न सक्ने जानकारी दियो । तर अर्को ६ महिना बित्न लाग्दासमेत सेवामा सुधार आएको छैन । दिइएको निर्देशन पालना नभएकामा प्राधिकरणले पनि कुनै कारबाही गरेको छैन । मोबाइल सेवा प्रदायक कम्पनीको गुणस्तर सुधार नभई ग्राहकले सास्ती पाए पनि प्राधिकरणले भने सार्वजनिक सूचना प्रकाशन गर्नेबाहेक ध्यान दिएको छैन । प्राधिकरणले सूचना जारी गरेर १५ सेकेन्डभित्र फोन नलागे वा व्यस्त र बन्द रहेको जानकारी नआए गुनासो गर्न भनेको छ । त्यस्तै फोन गर्दा गर्दै काटिने, स्पष्ट नआउनेलगायत समस्याबारे जानकारी मागेको छ ।

'हामी ग्राहकका गुनासो सुनिरहेका छौं,' प्राधिकरणका निर्देशक आन्दराज खनालले भने, 'गुणस्तरीय सेवा नदिनेलाई के कसरी कारबाही गर्ने भनेर तयारी पनि छ ।' खनालले सेवा सुधार नगर्नेलाई ५ लाख रुपैयाँसम्मको जरिवाना लगाउने वा मार्का पर्ने ग्राहकले खर्च गरेको निश्चित रकम फिर्ता गर्नुपर्ने प्रावधानबारे छलफल भइरहेको बताए । 'केही दिनभित्रै यसबारे निर्णय आउन सक्छ,' उनले भने । बढ्दै गएको लेडसेडिङका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनीको समस्या पनि बर्सेनि थपिँदै गएको छ । कम्पनीले राखेका टावरमा आवश्यक विद्युत् आपूर्ति नहुँदा आर्थिक भार थपिने र गुणस्तरमा समस्या आउने गरेको छ । एनसेलकी सञ्चार प्रवर्द्धन निर्देशक सञ्जु कोइराला सरकारले दूरसञ्चार क्षेत्रमा आवश्यक ऊर्जा खपतबारे ध्यान दिनुपर्ने बताउँछिन् । 'हाम्रो गुणस्तर राम्रो छ,' उनले भनिन्, 'गुणस्तर प्रमुख प्राथमिकता भएकाले यसमा अझै ध्यान दिँदै जाने छौं ।' सरकारी स्वामित्वको नेपाल टेलिकमकी प्रवक्ता गुणकेसरी प्रधानले लोडसेडिङ पुरानै समस्या रहेको बताइन् । 'सीडीएमको प्रविधि स्तरोन्नति भइरहेकाले जीएसएम र सीडीएमएबीच सम्पर्क गर्दा केही समस्या देखिएको हुन सक्छ,' उनले भनिन्, 'यस्तो समस्या आगामी ३/४ दिनमा हट्नेछ ।' यो बाहेक गुणस्तरमा अन्य समस्या नरहेको उनले बताइन् । असोजमा प्रकाशित पछिल्लो तथ्यांकअनुसार मुलुकभर १ करोड ६० लाख मोबाइल सेवा प्रयोग भइरहेको छ । जुन जनसंख्याको ६० प्रतिशतसँग सेवाको पहुँच हुनु हो । सबैभन्दा बढी जीएसएम मोबाइलको प्रयोगकर्ता एनसेलसँग छन् । दोस्रो स्थानमा नेपाल टेलिकमको छ । टेलिकमले मात्र जीएसएम र सीडीएमए प्रविधिबाट मोबाइल सेवा उपलब्ध गराइरहेको छ ।





कस्तो हुनुपर्छ गुणस्तर

दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकले पालना गर्नुपर्ने न्यूनतम गुणस्तर -मापदण्ड) ०६४ असारमा तोकेको छ । जसअनुसार ग्राहकले कुनै नम्बरमा डायल गरेपछि १५ सेकेन्डभित्र डायल टोन आउनुपर्छ । त्यस्तो हुन नसके नम्बर नमिलेको, सम्पर्क हुन नसकेको वा स्विच अफ गरिएको सूचना सेवा प्रदायकले दिनुपर्ने हुन्छ । ग्राहकले गरेका फोनमध्ये ९० प्रतिशत न्यूनतम सफल हुनुपर्ने मापदण्ड प्राधिकरणले तोकेको छ । कुनै पनि सेवा प्रदायकमार्फत कुरा गर्दा औसतमा ३ प्रतिशतभन्दा बढी फोन बीचैमा काटिनु हुँदैन । एक कम्पनीबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा १ प्रतिशतभन्दा बढी सर्किट अभावका कारण सम्पर्क नहुने अवस्था आउनु हुँदैन । यसका साथै ९० प्रतिशत कुराकानीमा अन्य आवाज र ध्वनि वा तेस्रो पक्षसँग मिसिन नहुने मापदण्ड प्राधिकरणको छ ।

कुनै पनि कम्पनीका ग्राहक उपलब्ध सेवासँग ९० प्रतिशतभन्दा बढी सन्तुष्ट हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-25
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

उइलेको दिवसाँ 'संविधान छिट्टै दिन्छु’ भन्याथेँ अइले नि त्यै भन्छु !... किनभने म अरुजस्तो कुरा फेरी हिँड्ने नेता हैन !

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication