काठमाडौ, पुस ११ -
प्रहरी पेसामा जुटेका धेरै प्रतिनिधि पात्रहरू गीत-संगीतको दुनियाँमा पनि उसै गरी छाएका छन् । ठूले राई, नव सिलवाल, राजुबाबु श्रेष्ठ हुँदै अब सांगीतिक स्रष्टाका रूपमा नाम थपिएको छ- पूर्व डीएसपी जसध्वज गुरुङको ।
गुरुङका रचनाहरू समेटिएको सीडी 'मोहिनी' र गीत संग्रह 'उकालीओराली' बुधबारदेखि बजारमा आएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, संगीतज्ञ अम्बर गुरुङ र गीतकार रत्नशमशेर थापाले यी कृतिहरूको सार्वजनिक गरेका हुन् । १२ वटा गीत रहेको 'मोहिनी'मा राजेशपायल राई, रामकृष्ण ढकाल, यम बराल, जगदीश समाल, रिमा गुरुङ, शिव परियार, अञ्जु पन्त, ठूले राई, झुमा लिम्बू र लासमित राईले स्वर भरेका छन् । अम्बर गुरुङ, शान्तिराम राई, दीपक जंगम, शक्तिबल्लभ, डाक्टर किराँत, नरेन्द्र प्यासी सहितको संगीत रहेको छ । 'उकालीओराली' गीत संग्रहमा आफ्नो लेखनका छानिएका १५२ वटा रचना रहेको गीतकार गुरुङले बताए ।
प्रकाशित मिति: २०६९ पुस १२ ०८:२६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !