Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १२, आईतवार     Login | Register
कला र शैली»

पाँच वर्षपछि विधान

काठमाडौ, पुस ११ -
मुलुकमा प्रजातन्त्र फर्किएपछि विधान श्रेष्ठ सुनसरीबाट २२ वर्षअघि गिटार बोकेर राजधानी छिरेका थिए । संगीतकार/गीतकार विजय श्रेष्ठका छोरा भएरै  पनि उनमा संगीतको नाता गहिरिएको थियो ।

राजधानी छिरेको दुई वर्षमै २०४९ मा पहिलो एल्बम 'यौवन' निकालेका विधानलाई त्यसपछि 'आज नाच्छे मेरी गौरी...,' 'कान्छीको अल्लारे जोवन...,' 'सोल्टिनी भनी बोलाको...,' जस्ता गीतले छुट्टै परिचय दिलायो । 'माछी मार्न जाऊ न दाजै कालापानीमा...' ले त उनलाई राष्ट्रियताका सवालमा गाउने गायकमा पनि परिचित गरायो । तर पाँच वर्षअघि 'कायम' एल्बम निकालेपछि भने विधानको एल्बम निकाल्ने दौड रोकियो । 'पछिल्लो समय एल्बम बिक्री नै हुन छाड्यो,' उनले कारण खुलाए, 'ओझेल नपरियोस् भनेर छिटपुट सिंगल ट्रयाक निकालिरहें ।' पाँच वर्षको अवधिमा उनी 'यो नानीको शिरैमा इन्द्र कमल फूल फुल्यो...', 'छाडी जाने मायालुको कति धेरै माया...' गीतकै सहाराले बाँचिरहे ।

यतिबेला उनी नयाँ एल्बम निकाल्ने तयारीमा छन् । नाम तय भइनसके पनि गीत धमाधम रेकर्ड भइरहेको छ । हालै  उनले सोही एल्बममा समेट्ने गीत 'विश्वको लागि नेपाली...' सार्वजनिक गरे । म्युजिक भिडियो बनिसकेको गीत दुई सातादेखि टेलिभिजन, रेडियोबाट बजिरहेको छ । 'रेस्पोन्स राम्रो पाइरहेको छु,' उनले भने ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२४

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-26
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication