काठमाडौ, पुस ११ -
नेपाललाई सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र बनाउन माग गर्दै राप्रपा नेपालले गरेको बृहत् रथयात्रा बुधबार सकिएको छ । पुस २ गते विवाह पञ्चमीको दिन जनकपुरबाट सुरु भएको रथयात्रा लुम्बिनी, पोखराको विन्ध्यावासिनी हुँदै पशुपति वनकालीमा आएर समापन भएको हो । मंगलबार राति काठमाडौंको थानकोटमा आइपुगेको रथयात्रा कलंकी, कालिमाटी, कुलेश्वर, बल्खु, लगनखेल जावलाखेल, कुपन्डोल, सिंहदरबार हुँदै खुलामञ्चमा पुगेको थियो । खुलामञ्चबाट कलश यात्रासहित पशुपति पुगेर रथयात्रा सम्पन्न भएको राप्रपा नेपालले जनाएको छ ।