Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ५, आईतवार     Login | Register
क्षेत्रीय»

अर्को ठाउँमा पनि बर्डफ्लु

  • विज्ञ भन्छन्- मानव बस्ती नजिकबाट र्फमहरू हटाउनुपर्छ
काठमाडौ, पुस ११ -
पशु स्वास्थ्य निर्देशनालयको, र्‍यापिड रिस्पोन्स टिमले सीतापाइलास्थित माडोलको एउटा कुखुरा र्फममा बर्डफ्लु देखिएपछि बुधबार त्यहाँ भएका कुखुरालगायतका सामग्री नष्ट गरेको छ । उपत्यकामा प्रशस्त कुखुरा र्फमहरू भए पनि सरकारी निकायसँग यसको तथ्यांक र स्पष्ट मापदण्ड छैन । उपत्यकाका दुई ठाउँमा बर्डफ्लुको प्रकोप देखिनुका साथै चिसोयाममा बर्डफ्लु फैलिने सम्भावना बढी हुने भएकाले उपभोक्ताले अण्डा र मासु खाँदा सावधानी अपनाउनुपर्ने पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झाले बताए । काठमाडौंमा बर्डफ्लु देखिएको दुई दिनपछि सीतापाइला वडा नम्बर १ स्थित सूर्यमोहन पोखरेलको लेयर उत्पादन गर्ने र्फममा बर्डफ्लुको नयाँ संक्रमण देखिएको हो । यसअघि संक्रमण देखिएको महानगरपालिका वडा नम्बर १३ बाफलस्थित मञ्जु फिड एन्ड पोल्ट्री इन्डस्टि्रजमा मंगलबार साढे १९ हजार अण्डामात्र नष्ट गरिएको थियो । त्यहाँ भएका कुखुरा रातारात गायब भएको थियो । स्रोतका अनुसार ती कुखुरा कोल्ड स्टोरमा पुगिसकेका छन् । टोलीले बुधबार साँझसम्ममा माडोलको र्फमबाट दुई हजार दुई सय ४० कुखुरा, सात सय किलोग्राम दाना र एक सय पाँच वटा अण्डा नष्ट गरी पुरेको निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले बताए । उनले संक्रमण मुक्त गर्ने काम बिहीबार पनि जारी रहने जनाए । हाल राजधानीलगायत मुलुकका विभिन्न क्षेत्रमा मानव बस्ती नजिकै कुखुरा र्फम रहेकाले सर्वसाधारणलाई जुनसुकै बेला बर्डफ्लु संक्रमण हुन सक्ने जोखिम छ । उपत्यकाका नगरपालिका र गाविसहरूमा बस्ती नजिकै जथाभावी कुखुरा र्फम खुलेका छन् । कतिपय क्षेत्रमा त स्थानीयवासीको चर्को विरोध हुँदाहुँदै पनि व्यवसायीहरूले मानव बस्ती नजिकै कुखुरा र्फम सञ्चालन गरिरहेका छन् । काठमाडौंको चपली गाविस ५ वासिकलगायत क्षेत्रका स्थानीयवासीले आफ्नो बस्ती नजिकका र्फम हटाउन ६ महिना अघिदेखि विरोध गरिरहेका छन् । 'हाम्रो बस्ती नजिकै दुई/तीन वटा कुखुरा र्फम राखिएका छन्,' एक स्थानीयवासीले भने, 'तर पटक-पटक विरोध गर्दा पनि उनीहरूले र्फम हटाउन मानेका छैनन् । अब पनि नहटाए आन्दोलन नै गर्नुपर्ने भएको छ ।' यसरी र्फम राख्नु गाविसको सर्वदलीय निर्णयविपरीत समेत भएको उनले बताए ।  विज्ञहरूले मानव बस्ती क्षेत्रका कुखुरा र्फम तत्काल हटाउनुपर्ने बताएका छन् । 'मानव बस्ती छेउछाउ कुखुरा र्फम खोल्न नपाइने व्यवस्था कडाइका साथ लागू हुनुपर्छ,' नेपाल भेटनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले भने, 'नत्र मानिसलाई बर्डफ्लु मात्र नभई पन्छीबाट सर्न सक्ने इन्फ्लुएन्जा लगायतका अन्य रोगहरूको संक्रमणको जोखिम रहिरहन्छ ।'  कुखुरा र्फम मानव बस्तीबाट कति टाढा राख्नुपर्ने भन्ने स्पष्ट किटान भएको विस्तृत मापदण्डको आवश्यकता औंल्याउँदै डा. श्रेष्ठले भने, 'सरकारले प्रतिबद्घता देखाए १० दिनभित्रै मापदण्ड बनाएर लागू गर्न सकिन्छ ।'

प्रकाशित मिति: २०६९ पुस १२ ०८:१७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication