Kantipur

Kantipur

मिति | २०७१ वैशाख ४, बिहीवार     Login | Register
समाचार»

साउदी दूतावासद्वारा ४७ महिला उद्धार

दोहा, पुस ११ -
साउदी अरबस्थित नेपाली दूतावासले मंसिरमा ४७ घरेलु महिला कामदारलाई सकुशल उद्धार गरी स्वदेश पठाएको छ । शारीरिक, मानसिक र श्रम शोषणका कारण काम गरेको घरबाट भागेका उनीहरूलाई दूतावासले आफ्नो सेल्टरमा राखेर उद्धार गरेको हो । उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याएर घर पठाइएको दूतावासले जनायो । दूतावासका अनुसार तीमध्ये महिनौंसम्म तलब नपाएका बढी छन् । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले रियादबाट ७ सय किलोमिटर पर हलाल भन्ने ठाउँमा आफैं गएर शारीरिक शोषणमा परेकी सानी घिमिरेलाई उद्धार गरेका थिए । 'साउदी आएको १० महिना भएको रहेछ । घर मालिकले धेरै पिट्ने गरेको थाहा भएपछि उनलाई त्यस घरमा पठाउने एजेन्सी पत्ता लगाई उद्धार गर्‍यौं,' उनले भने । उद्धार गरिएका सबैलाई अवैध रूपमा साउदी ल्याइएको थियो । बढीजसोलाई भारतीय बाटो हुँदै कुवेत र यूएईबाट साउदी ल्याइएको हो । भागेर आएका महिलाहरूका अनुसार एजेन्सीहरूले छोटोछोटो समयका लागि काममा पठाउने, खाना नदिने, पिट्ने गरेको थिए ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:१६

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-17
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication