Kantipur

Kantipur

मिति | २०७० असार ५, बुधवार     Login | Register
समाचार»

आन्दोलनमा जाऊः युवानेता

काठमाडौ, पुस ११ -
कांग्रेसका तीन युवा नेताले प्रधानमन्त्री बाबुराम भट्टराई कुनै हालतमा सत्ता नछाड्ने अवस्थामा पुगेको निष्कर्ष सुनाउँदै आन्दोलनको तयारी गर्न पार्टी शीर्ष नेतृत्वलाई सुझाएका छन् ।

प्रधानमन्त्रीलाई भेटेपछि कांग्रेस केन्द्रीय सदस्य गगन थापा, एनपी सावद र चन्द्र भण्डारीले प्रधानमन्त्रीको 'हठ' हेर्दा राजनीतिक सहमतिको सरकार बन्ने अवस्था आफूहरूले नपाएको बताएका थिए । सभापति सुशील कोइरालालाई बुधबार र नेता शेरबहादुर देउवालाई मंगलबार भेटेका उनीहरूले संवादका नाममा समय फाल्न नहुनेमा जोड दिए । अबको विकल्प भनेको राष्ट्रपतिमार्फत बहुमतीय सरकार बनाउन दबाब दिने र आन्दोलनमा जानु रहेको उनीहरूले बताए ।

 प्रधानमन्त्री भट्टराईले आफूहरूलाई विपक्षी र पार्टीभित्रैबाट अपमानित ढंगबाट बहिर्गमन गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यस्तो अवस्थामा कुनै पनि हालतमा सरकार छाड्न नसक्ने धारणा कांग्रेसका युवा नेताहरूसँग राखेका थिए । प्रधानमन्त्रीले कांग्रेस युवा नेताहरूसँगको सोमबारको भेटमा आफ्नो नेतृत्वमा सहभागी भएर निर्वाचनका लागि बाधा अड्काउ फुकाउने काम गर्न तयार भए मात्रै कांग्रेसलाई नेतृत्व छाड्न सकिने सन्देश नेतृत्वमा पुर्‍याइदिन आग्रह गरेका थिए ।

'प्रधानमन्त्रीले कुनै पनि हालतमा छाड्दिनँ भनेर प्रस्ट भनेकाले राजनीतिक सहमतिको सरकार बन्न सक्ने अवस्था देखिँदैन,' नेताहरूसँगको भेटपछि कांग्रेस युवा नेता थापाले भने, 'बाबुरामलाई भेट्दा प्रचण्डलाई तपाईंहरूले चिन्नुभएकै छैन भनेर कुरा गर्ने, प्रचण्डलाई भेट्दा तपाईंहरूले बाबुरामलाई चिन्नुभएकै छैन भनेर कुरा गर्ने गरिएको छ । यसले कांग्रेसलाई गोलचक्करमा फसाएर निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको छ । बाबुरामलाई भेटेपछि संवादको आवश्यकता छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:१५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-06-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication