काठमाडौ, पुस ११ -
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता संशोधन प्रक्रिया अघि बढाएको छ । प्रत्येक निर्वाचनअघि नयाँ आचारसंहिता निर्माण गर्ने क्रममा आयोगले राजनीतिक दलहरूलाई बोलाएर छलफल थालेको हो । 'निर्वाचन आचारसंहिता २०६९' को मस्यौदामाथि अन्तक्रिर्या थालेको आयोगले जनाएको छ । आयोगले 'राजनीतिक दलसम्बन्धी अध्यादेशको मस्यौदा २०६९' समेत तयार गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनहरूलाई एकीकृत गर्ने र दलका आर्थिक स्रोत व्यवस्थापन पारदर्शी बनाउनेबारे मस्यौदामा प्रस्ताव गरिएको छ । सरकारले वैशाखमा संविधानसभाको अर्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेपछि आयोगले दलहरूसित परामर्श थालेको हो । 'दलसम्बन्धी कानुनको अन्तर्राष्ट्रिय अभ्यास तथा विज्ञका राय, सुझावका आधारमा अध्यादेश मस्यौदा बनाएको छ,' समावेशी प्रक्रियालाई जोड दिएको उल्लेख गर्दै आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले भने, 'दल दर्ता गर्न दस हजारको हस्ताक्षर आवश्यक पथ्र्याे भने अब पाँच सयको मात्र भए पुग्ने प्रस्ताव गरिएको छ । यसबारे दलहरूसित सुझाव लिने काम भइरहेको छ ।' आयोगमा १ सय १४ दल दर्ता छन् । ती दलका प्रतिनिधिसित राजनीतिक दलसम्बन्धी अध्यादेश र आचारसंहिताबारे राय, परामर्श र सुझाव लिएको जनाएको छ । आयोगले सत्तारूढ दलका निम्ति फरक निर्वाचन आचारसंहिता हुने जनाएको छ । राज्यको स्रोत, साधन, पहुँचको दुरुपयोग हुन नदिन यसो गरिएको प्रवक्ताले जनाएका छन् ।
प्रकाशित मिति: २०६९ पुस १२ ०८:१५
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !