Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ९, बिहीवार     Login | Register
मुख्य समाचार»

ट्युसन पढ्न गएकी किशोरीको जलेको शव पाइयो

प्रस्टोका -बारा, पुस ११ -
एकाबिहानै घरबाट ट्युसन पढ्न निस्केको एक घन्टा नबित्दै यहाँकी एक किशोरीको जलेको अवस्थामा शव फेला परेको छ ।

आउँदो एसएलसी परीक्षा तयारीमा जुटेकी प्रस्टोका-५ की १८ वषर्ीया छोरी बिन्दु ठाकुर बुधबार बिहान उठेर नुहाईधुवाई सकी गणितको ट्युसन पढ्न गएकी थिइन् । तर घरबाट हिँडेको एक घन्टा नबित्दै बिन्दुको शव घरदेखि उत्तरपट्ट िएक सय मिटर दूरीको बाँसघारीमा भेटिएको हो । बिन्दुको यो बीभत्स हत्याले परिवारजन शोकाकुल छन् । 'छोरी कसरी जलिन्, केही थाहा छैन,' आमा गीतादेवीले भनिन् ।

प्रहरीले सोधपुछका लागि बिन्दुका बुवा रामा ठाकुरलाई हिरासतमा लिएको छ । प्रहरीले घटनास्थलबाट बिन्दुले लगाएको भित्री र बाहिरी कपडाका अंश बरामद गरेको छ । पहिचान हुने शरीरका प्रायः अंग डढेका छन् । घटनाबारे प्रहरी, छिमेकी, स्थानीय र आफन्त अन्योलमा छन् । 'बिन्दु कतिखेर बोलाउन आउँछिन् भन्दै कुरें, उनी नआएपछि बुवालाई पुर्‍याइदिन भनेर ट्युसन पढ्न गएँ,' ट्युसन पढ्न सँगै जाने उनकी मिल्ने साथी संगीता मण्डलले भनिन्, 'केही घन्टापछि उनी जलेको खबर पायौं ।'

शव पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ । 'शौच बसेर नित्यकर्म सकेपछि साथीसित ट्युसन पढ्न जाने भन्दै निस्किइन्,' सँगै ओछ्यानमा सुतेकी दिदी रिनाले भनिन्, 'एक घन्टा बित्न नपाउँदै एक्कासि जलाएर फ्याँकेको शव भेट्यौं ।' स्थानीयले देखाएको शव बहिनीको भएपछि स्तब्ध भएको उनले बताइन् । ट्युसन जान लागि बुवाले उठाएको उनले बताइन् ।

 प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र तत्काल कारण नखुलेको जनाएको छ । 'शव बरामद भएको ठाउँमा भुईं वा झारपात डढेको र छटपटिएर माटो उछिट्टएिको देखिँदैन,' प्रहरीका अनुसन्धान अधिकृत रामनाथ घिमिरेले भने, 'यकिन साथ भन्न्ा सक्ने अवस्था छैन ।' शव र घटना स्थल हेर्दा अन्तैबाट शव ल्याएर फ्याँकेको जस्तो देखिने उनले बताए । 'मारेको शंका छ,' उनले भने ।

उनी बिहान साढे ५ बजे एक दर्जन छात्रासित डेढ किमी दूरीमा रहेको बेलहिया गाउँमा आफ्नै विद्यालयका शिक्षकसित ट्युसन पढ्न जाने गरेकी थिइन् । उनका एक दाजु, एक दिदी र दुई बहिनी छन् । दिदी रिना र कान्छी बहिनी अञ्जलीको साथमा उनी मंगलबार राति खाना खाएर सुतेकी थिइन् । दाजु बाहिर कमाउन र भाउजू ४ महिनादेखि माइतीमा बस्दै आएकी छन् । आमा, बुवा घरमा बस्दै आएका छन् । बुवा नेपाली सेनाका निवृत्त पूर्वसैनिक हुन् ।

बिन्दुको वियोगमा उनी पढ्ने विद्यालय बुधबार बन्द रह्यो । बिन्दुले विद्यालयमा केही वर्षदेखि अनुशासित विद्यार्थीका हैसियतले प्रत्येक वर्ष प्रोत्साहन स्वरूप पुरस्कार पाउँदै आएको विद्यालय व्यवस्थापन समिति सदस्य लालबाबु साहले बताए । बिन्दु पढाइमा 'जेहेन्दार र अनुशासित' भएको शिक्षक र उनका साथीहरूले बताए । 'उनी राम्ररी पढ्न र बुझ्न सक्ने क्षमताकी थिइन्,' शिक्षक वैद्यनाथ साहले भने ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:१३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-22
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication