काठमाडौं -कास)- हङकङमा भएको १३ औं एसियाली प्यासिफिक कराँते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले बुधबार स्वागत गर्यो । पुरुष ५५ केजीमुनिमा सुनील लामा र महिला ६१ केजीमाथिमा गंगादेवी अधिकारीले स्वर्ण जितेका थिए ।
नमुनाको जित
काठमाडौं -कास)- नमुना मच्छिन्द्र स्कुल र नमुना क्लब नवौं उपत्यकाव्यापी अन्तरविद्यालय नमुना कप रनिङ सिल्ड भलिबलको यू-१९ ब्वाइजतर्फ बुधबार विजयी भएका छन् ।
टि्रनिटीलाई उपाधि
काठमाडौं -कास)- टि्रनिटीले सहिद बेनोज स्मृति पााचौं अन्तरकलेज -प्लस टु) बास्केटबलको उपाधि बुधबार जितेको छ । उसले ५० हजार रुपैयाँ हात पार्यो । टि्रनिटीले नेसनल क्याम्पसलाई ४९-३८ ले हरायो ।
संरक्षक फाइनलमा
काठमाडौं -कास)- संरक्षकभूषण वज्राचार्य भाइ सम्यकलाई हराउँदै ११ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला टेनिसको यू-१२ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा पुगेका छन् । संरक्षकलेे सम्यकलाई ६-१ र ६-२ को सेटमा हराए । उनले फाइनलमा रेन्जन लामाको सामना गर्नेछन् । रेन्जनले प्रनव खनाललाई हराए । यू-१२ कोे गल्र्समा मायांका राणाले इरा राउतलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।
गोल्डेनगेट र टि्रटन फाइनलमा
काठमाडौं -कास)- गोल्डेनगेट र टि्रटन कलेज पि्रमियर लिग ट्वान्टी-ट्वान्टी २०१२ नेपाल छनोटको फाइनलमा बुधबार पुगेका छन् । गोल्डेनगेटले ल्याबोरेटरी कलेजलाई ७ विकेटले हरायो । अर्को खेलमा टि्रटनले कान्तिपुर सिटी कलेजमाथि ५ विकेटको जित निकाल्यो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:२०
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !