Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ७, मंगलवार     Login | Register
अर्थ/वाणिज्य»

प्राधिकरणले पनि जहाज किन्ने मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने

काठमाडौ, पुस ४ -
नागरिक उड्डयन प्राधिकरणका लागि जहाज ल्याउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । प्राधिकरणले विमान व्यावसायिक प्रयोजनका लागि यात्रु बोक्ने जहाज नभई नियमित निरीक्षण र छानबिनका लागि जहाज खरिद गर्न लागेको हो । करिब डेढ दशकअघि आफूसँग भएको जहाज दुर्घटनामा परेपछि यतिबेला प्राधिकरणले भाडामा लिएर उपकरण परीक्षण, पाइलट तालिमलगायत विभिन्न छानबिनका काम गरिरहेको छ ।  जहाजका लागि अर्थ मन्त्रालयले हवाई विकास कोषको रकम प्राधिकरणलाई स्थानन्तरण गर्ने सहमति जनाएपछि पर्यटनले अन्तिम स्वीकृतिलाई मन्त्रिपरिषद् जाने तयारी गरेको हो । 'अर्थले स्वीकृति दिएको झन्डै २ महिना हुन लाग्यो,' सहसचिव रञ्जनकृष्ण अर्यालले भने, 'तर नेपाल वायु सेवा निगमको जहाज खरिद प्रक्रियाले प्राथमिकता पाएकाले प्राधिकरणको प्रस्ताव लैजान सकेका थिएनौं, अब छिट्टै लैजान्छौं ।' यसअघि प्राधिकरणले यूएनडीपीको सहयोगमा जहाज पाएको थियो । तर उक्त जहाज सन् १९९८  अगस्ट २१ मा घोरेपानीमा दुर्घटना पर्दा १८ जनाको मृत्यु  भएको थियो । 'दुर्घटनापछि भाडामा लिएर काम चलाइरहेका छौं,' प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले भने, 'जहाजको आवश्यकता निकै खड्किएको छ ।' भाडमा जहाज लिनुपर्दा वाषिर्क ३ करोड रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । शरदसिं भण्डारी पर्यटन मन्त्री हुँदा प्रक्रिया थाल्न खोजिए पनि मन्त्री परिवर्तनसँगै अड्किएको थियो । पोष्टबहादुर बोगटी पर्यटनमन्त्री भएपछि प्रक्रिया पुनः सुरु गरिएको हो ।

प्राधिकरण व्यवस्थापनले जहाज ल्याउने निर्णय गरे पनि केही अधिकारीले भने वर्षभरि प्रयोगमा ल्याउने कार्यक्रम बनाएर मात्र अघि बढनुपर्ने बताउँछन् । 'जहाज ल्याउने र परीक्षणका लागि केही समय उडान गरेर त्यत्तिकै राख्ने हो भने,' प्रधिकरणका एक अधिकारीले भने, 'त्यसको कुनै औचित्य छैन ।' त अधिकारीका अनुसार परीक्षण उडान र निरीक्षण गर्न वर्षको २० देखि २२ घन्टा मात्र जहाज आवश्यक पर्छ ।  त्यस्तै प्राधिकरणका पूर्वमहानिर्देशक रामप्रसाद न्यौपानेले पनि जहाज ल्याएपछि इन्स्पेक्सन मात्र नभई दुर्गम क्षेत्रको सहयोगार्थ पनि प्रयोग गर्नु जरुरी भएको बताए । 'अहिले निजी क्षेत्रले दुर्गममा उडान गरिरहेका छैनन्,' उनले भने, 'यस्तोमा सरकारको पनि दायित्व बढ्छ ।' उडान गर्नेहरूले सेड्युलमा नभई चार्टर मात्र गरिरहेकाले निगमबाट दुर्गम क्षेत्रको उडानलाई बढाउन पनि सहयोग गर्न सकिने उनले बताए । 'आवश्यक परेको समयमा प्राधिकरणको काममा र खाली हुँदा निगमलाई दिने व्यवस्था गरे मात्र जहाजको पूरा सदुपयोग हुन्छ,' उनले भने, 'अहिले निगमको अवस्था पूर्व उडाए पश्चिम नपुग्ने र पश्चिम उडाए पूर्वलाई जहाज नपुग्ने छ । एउटा मात्र जहाज थप भए पनि त्यसले क्षमता वृद्धि गर्छ ।'

प्रकाशित मिति: २०६९ पुस ५ ०९:१९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

डनज्यू त अपिसाँ नि हुनुहुन्न रे, सा’प !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication