धनगढी, पुस ४ -
प्रथम महिला लिग फुटबलमा बुधबार एपीएफ र मध्यमाञ्चल विजयी भएका छन् । एपीएफले पश्चिमाञ्चललाई १३-० ले पराजित गर्यो भने मध्यमाञ्चलले मध्यपश्चिमलाई ४-१ ले पछि पार्यो । एपीएफले लगातार ३ खेल जितेर ९ अंक बटुलेको छ । एपीएफका लागि दुई खेलाडीले ह्याटि्रक गरे । अनु लामाले ४ र प्रमिला राईले ३ गोल हाने । तेजकुमारी गुरुङले २ तथा उषा भण्डारी, रञ्जना दर्जी, शोभा कुँवर र अनिताले १-१ गोल गरे । दोस्रो खेलमा मध्यमाञ्चलकी सपना लामाले ह्याटि्रक गरिन् । रोशनी रखायलले थप १ गोल हानिन् । खेलको अन्तिम समयमा मध्यपश्चिमकी सपना घलेले १ गोल फर्काएकी थिइन् । प्रतियोगितामा बिहीबार घरेलु टिम सुदूरपश्चिम र पूर्वाञ्चलबीच पहिलो खेल हुँदैछ । दोस्रो खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:१६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?