Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
क्षेत्रीय»

चकलेट खाँदा मापसेको फन्दामा

काठमाडौ, पुस ४ -
चकलेट खाँदै हुनुहुन्छ ? सावधान मापसेको फन्दामा पर्नुहोला । मदिरा सेवन गरेर सवारी चलाउँदा मापसेमा पर्नु त स्वाभाविकै हो । तर पनि उपत्यकामा सरदर दैनिक डेढ सय चालक मापसे फन्दामा पर्छन् । चकलेट खाँदा पनि मापसे ? हो, त्यस्तै भयो । चकलेट खाएर सवारी चलाएका पोखरा स्थायी घर भएका सुरेशप्रसाद पौडेल कारबाहीमा परे ।

राजधानीको एक कम्पनीमा कार्यरत पौडेल श्रीमतीलाई लिएर सानेपास्थित कोठामा जाँदा पुल्चोकबाट झम्सिखेल जाने मोडमा मापसे चेकिङमा परे । उनी कार्यालयकै साथीको विवाहबाट फर्के पनि मदिरा सेवन गरेका थिएनन् । चकलेट भने खाएका थिए । कार्यालयकै कामले प|mान्स गएका उनले साथी र घर परिवारलाई बाँड्न तीन प्रकारका चकलेट ल्याएका थिए ।

पार्टीमा सहभागी साथीहरूलाई पनि बाँडे । अन्य भन्दा 'मोन चेरी' नामक चकलेट सबैले मन पराए । सबैले रोजाइमा परेको चकलेट कस्तो हुँदोरहेछ ? भन्दै उनले पनि खाए । श्रीमती पनि साथमै भएकाले उनी घर निस्के । ट्राफिक चेकिङमा पर्दा पौने ९ बजेको थियो । 'चेकिङमा ट्राफिकले ब्रेथलाइजर मुखमा ल्याएर हा.. गर्नु भने । त्यसमा अल्कोहलको मात्रा ० दशमलव ०२ प्रतिशत देखायो,' उनले भने, 'मदिरा खाएकै छैन कसरी देखायो ? छक्क परें । किन यस्त्ाो देखायो भनेर ट्राफिकलाई सम्झाउने प्रयास गरंे । तर

सकिनँ । २४ घन्टे पुर्जी थमाएर मेरो लाइसेन्स लिइछाडे ।'

ट्राफिकसँग आधा घन्टा 'डिस्कस' पछि उनी घरनजिक पुगे, तर मापसे गरेको निहँुमा लाइसेन्स लिएकामा उनलाई चित्त बुझेन । झम्सिखेल पुगेर पुनः ट्राफिक चेकिङमा फर्के । ट्राफिकलाई सम्झाउन खोज्दा यस्तो जवाफ पाए,'तपाइर्ंले मापसे गरेको ब्रेथलाइजरमा देखाएपछि छाड्न मिल्दैन । भोलि जावलाखोलमा आएर कुरा

गर्नुस् ।' चेकिङमा खटिएका ट्राफिकले सुरेशलाई सम्झाउन आफंैले हा.. गरेरसमेत देखाए । 'ट्राफिकले हा.. गर्दा शून्य देखियो,' उनले भने, 'त्यसपछि विवाहमा सफ्ट डि्रङ्समा साथीहरूले मिसाइदिएछ कि जस्तो लागेर कोठमा गएँ ।' चकलेटकै कारणले आफू मापसेको फन्दामा परेको उनलाई त्यति बेलासम्म थाहा थिएन । लाइसेन्स समाएपछि आफूले के खाएँ ? भन्दै सोच्न थाले । स्कुटर चढ्नुअघि चकलेट खाएको सम्झे । अनि खल्तीमा भएको चकलेटको खोलमा अल्कोहलको मात्रा रहेको थाहा पाए ।

उनी भोलिपल्ट बिहानै जावलाखेलस्थित ट्राफिक कार्यालयमा पुगे । उनी त्यहाँ पुग्दा लाइसेन्स महानगरीय ट्राफिक प्रहरी महाशाखा -बग्गीखाना) पठाइसकेको थियो । उनी बग्गीखाना गए । मापसे कारबाहीमा परेका अरूसँगै उनी पनि लाइन बसे । जब उनको पालो आएपछि आफूले चकलेट खाएकै आधारमा समातिएको बताए । व्यक्तिगत विवरण टिप्ने ट्राफिकले झुटो बोलेको भन्दै हकारे पनि । उनले ट्राफिकको एसपीलाई घटना क्रम सुनाए । तर, उनले पत्याएनन् ।

'एसपीले पनि तपाइर्ंले खानुभएको चकलेट ल्याउनुस् भन्नुभयो, एक पिस दिएँ,' उनले भने, 'तर उहाँले सोलिड वा लिक्युडका रूपमा खाए पनि मादक पदार्थ सेवन गरेको बुझिन्छ । मैले केही निर्णय लिन नसक्ने भएकाले माथिल्लो तहमा कुरा गर्नुपर्छ भन्दै फर्काउनुभयो ।' एसपीले उनलाई ट्राफिकले दिने कक्षामा सहभागी हुन र एक हजार रुपैयाँ जरिवाना तिर्न आग्रह गरे । उनले आपmनो गुनासो महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्याललाई समेत सुनाउन भ्याए । 'डीआईजीलाई पनि कक्षामा सहभागी हुने र जरिवाना तिर्न तयार भए पनि लाइसेन्स प्वाल नपारिदिन आग्रह गरेको छु,' सुरेशले भने, 'के हुन्छ ? थाहा छैन ।'

प्वाल पारेपछि अपराधीका रूपमा चिनिने उनले बताए । 'आफूले गल्ती नगरेपछि किन लाइसेन्स प्वाल पार्ने ?' उनले प्रश्न गरे । उनले यो गुनासो प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा समेत गरेका छन् । उनले खाएको चकलेट राजधानीको नाम चलेको सुपरमार्केटमा पनि खोजे । तर कतै भेट्टाउन सकेनन् ।

 ब्रेथलाइजरमा अल्कोहल सेवन गरेको देखाएकाले कारबाही गरेको अर्यालले बताए ।  'अल्कोहल खाएको हो कि, अरू चीज खाएको हो ? छुट्याउने काम हाम्रो होइन,' उनले भने, 'मेसिनले गन्धमा अल्कोहल देखाएपछि कारबाही हुन्छ ।' आफूले खाएको खानेकुरामा अल्कोहल छ/छैन जानकारी लिएरमात्रै खानुपर्ने उनको सुझाव छ ।

चकलेट खाएकै आधारमा उनी जरिवाना तिर्न तयार छन् । तर, लाइसेन्स प्वाल पार्दा बेइज्जत हुनेमा उनलाई चिन्ता छ । अर्यालले ट्राफिकको जिम्मेवारी सम्हालेपछि मापसे कारबाहीमा पर्नेको लाइसेन्स प्वाल पार्ने गरिएको छ । त्यसको विवरण यातायात कार्यालयमा समेत पठाउने गरिएको छ । विदेश जानुअघि प्रहरीबाट लिने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख 'मापसे' गर्ने गरेको छ । ट्राफिकले मंसिर २२ देखि बुधबारसम्म १ हजार ८ सय १ जनाको लाइसेन्स प्वाल पारेको छ । गत वर्ष मंसिर १७ गतेबाट सुरु भएको मापसेमा ६८ हजार ९ सय ४८ जना कारबाहीमा परेका छन् ।



 

प्रकाशित मिति: २०६९ पुस ५ ०९:१५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication