महेन्द्रनगर, पुस ४ -
एपीएफका दीपेश धामी र शिक्षा श्रेष्ठले महेन्द्रनगरमा आयोजना भएको रिडमोर अन्तरविद्यालय ब्याडमिन्टनमा बुधबार यू-१९ को उपाधि जितेका छन् । उपाधिसँगै दीपेशले ३० हजार र शिक्षाले २० हजार रुपैयाँ हासिल गरे ।
दीपेशले बाँकेका इरफान अन्सारीलाई २१-१४ र २१-१० ले हराएर उपाधि हात पारे । दोस्रो स्थान प्राप्त गर्ने इरफानले २० हजार रुपैयाँमा चित्त बुझाए । एपीएफका सुमन लिम्बू र सुनसरीका सन्तोष खड्का तेस्रो भए । उनीहरूलाई १०/१० हजार प्रदान गरियो ।
छात्रातर्फ शिक्षाले भोजपुरकी श्रेया प्रधानलाई २१-८ र २१-१६ ले हराइन् । यसैगरी छात्रतर्फको यू-१५ मा बाँकेका रियाद अन्सारीले काठमाडौंका नीरविक्रम देवकोटालाई २१-१५ र २२-२० ले पराजित गरी उपाधि जिते । विजेता अन्सारीले २० तथा देवकोटाले १५ हजार पुरस्कार प्राप्त गरे । उक्त स्पर्धामा कञ्चनपुरका चिरन बिष्ट र सुनसरीका सुजन श्रेष्ठ तेस्रो भएर १०/१० हजार हात पारे । छात्रातर्फको यू-१५ को उपाधि कञ्चनपुरकी मेघा चन्दले जितिन् । स्थानीय इन्टरनेसनल पब्लिक स्कुलकी चन्दले आफ्नै विद्यालयकी रेखा बिष्टलाई २१-६ र २१-११ ले पराजित गरेकी हुन् । प्रतियोगितामा उदीयमान खेलाडीका रूपमा भोजपुरकी श्रद्धा प्रधान र कञ्चनपुरका पुरन भण्डारी घोषित भए । १० लाख खर्च भएको प्रतियोगिताको प्रायोजन रिडमोर पब्लिसर्स, पुकार आचार्य स्मृति प्रतिष्ठान र खेलप्रेमी रतन टण्डन लगायतले गरेका थिए । प्रतियोगितामा २१ जिल्ला, ४ विद्यालय र ३ क्लब टिम सहभागी थिए ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:१३
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?