काठमाडौ, पुस ४ -
पहिलो हाफका तीनै आक्रमण सफल भएपछि आरसीटीले मच्छिन्द्रको अपराजित यात्रामा बुधबार पूर्णविराम लगाएको छ । उसका ५ मध्ये ४ आक्रमण गोलमा परिणत भए । त्यसैले स्वाभाविक खेल पस्कन असफल मच्छिन्द्रमाथि ४-० को अविश्वसनीय जित रच्दै आरसीटी शीर्षस्थानमा उक्लियो । आरसीटीले ७ खेलबाट १७ अंक जोडेको छ । पहिलोपल्ट शीर्षस्थान गुमाएको मच्छिन्द्र एक अंक अन्तरमा छ । एक-एक खेल कम खेलेका थ्री-स्टार -१५) र मनाङ-मस्र्याङ्दी -१४) शीर्ष चारमा छन् ।
'ए' डिभिजन लिगको सयौं खेलमा मच्छिन्द्र प्रभाव छाड्न असफल भयो । त्यसैले तीन पहेंलो कार्डले प्रतिबन्धित अपि|mकी मूलका स्ट्राइकर ओलावाले आफिजको अनुपस्थितिमै शेखर लिम्बू, कोमल खवास, युगलकिशोर राई र अमर डंगोलले गोल गर्दै आरसीटीलाई पाँचौं जित दिलाए । २०६२ मा 'ए' डिभिजन यात्रा सुरु गरेयता मच्छिन्द्रले ३४ खेल जित्दै २० खेल बराबरीमा टुंग्यायो । उसले ४६ खेल हारेको छ । मच्छिन्द्रको ३ आक्रमणमा क्रसबार र पोल बाधक रहे । खाली पोस्टमा गरेको दुई प्रहार आरसीटीका डिफेन्सले क्लियर गरे । यतिमात्र कहाँ हो र ? गोलका ३ राम्रा मौकामा पनि चुकेपछि मच्छिन्द्रले अपत्यारिलो हार बेहोर्नुपरेको हो । विशाल राई 'ए' ले एक डिफेन्डरलाई छक्याएर गरेको पहिलो आक्रमणमै बल पोस्टमा लागेर फर्किनु मच्छिन्द्रको दुर्भाग्यको संकेत थियो । शेखरले कर्नरमा दायाँ खुट्टाले प्रहार गरेको बलले सीधै सेकेन्ड बारबाट पोस्टको दिशा लिएपछि आरसीटी दसौं मिनेटमै अघि बढ्यो । त्यसमा मच्छिन्द्रका गोलकिपर दिनेश थापामगरले सही अनुमान गर्न सकेनन् । उनले ६ खेलयता बेहोरेको पहिलो गोल यही थियो ।
पेनाल्टी क्षेत्रमा अनमार्क कर्ण लिम्बूले बललाई पोस्टको दिशा दिन नसक्दा मच्छिन्द्रले बराबरी गर्ने मौका गुमायो । भीम दर्लामीको पासमा कोमलको सटीक प्रहारले जाली चुमेपछि आरसीटीले ४२ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।
मच्छिन्द्रका विशाल 'बी' को कर्नरमा अमर सुब्बाले ४५ औं मिनेटमा हेडद्वारा प्रहार गरेको बल आरसीटीका किपर दिलीप क्षेत्रीको हात हुँदै क्रसबारमा लागेर फर्कियो । त्यही रिबाउन्ड बलमा सिक्स यार्ड बक्सबाट प्रवेश कटुवालले हेडद्वारा हानेको बल गोललाइनबाट कोमलले क्लियर गरे । पहिलो हाफको इन्ज्युरी समयमा भीमले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल युगलकिशोरले हल्का रूपमा छोएपछि आरसीटीको अग्रता ३-० भयो । उनले ८५ औं मिनेटमा खाली पोस्टमा हानेको बललाई भने गोलमा परिणत गर्न सकेनन् । चौथो गोल अमरले हेडद्वारा गरे । हिमालयनको दुर्भाग्य संकटाविरुद्ध हिमालयन शेर्पा एक पेनाल्टी र ३ गोलको अवसरमा मात्र चुकेन, उसको २ आक्रमण पोलमा लागेर पनि फर्कियो । ठीक उल्टो उल्लेखनीय एउटै आक्रमणमा संकटाले गोल गर्यो । त्यसैले संकटा भाग्यमानी रह्यो । खेल नियन्त्रणमा राखेको हिमालयनले भने अभागी रहँदै लगातार पाँचौं हार बेहोर्यो । खेलपछि तनाव समाप्तिपछि ड्रेसिङ रुमतिर लाग्ने क्रममा हिमालयनका गणेश खड्का र संकटाका लिनाडिनी माम्बोबीच हात हालाहाल भएपछि केहीबेर तनाव भएको थियो ।
आरसीटी ४-० मच्छिन्द्र
संकटा १-० हिमालयन शेर्पा
प्रकाशित मिति: २०६९ पुस ५ ०९:०९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !