धनगढी , पुस ४ -
स्थानीय दुई युवाको कुटाइबाट गम्भीर घाइते कैलाली, फूलबारीका गंगाराम चौधरीको उपचार क्रममा मृत्यु भएको छ । फूलबारी २, जेगाउँका २७ वषर्ीय चौधरीको बुधबार बिहान धनगढीस्थित सेती अञ्चल अस्पतालमा मृत्यु भएको होे । मंसिर ३० मा फूलबारीकै बिरु र हरि कडायतले चौधरीलाई कुटपिट गरेका थिए । बिनाकारण मदिरा सेवन गरेर कुटपिट गरिएको चौधरीका आफन्तले आरोप लगाएका छन् । चौधरीको मृत्युपछि मृतकका आफन्तले बुधबार इलाका प्रहरी, फूलबारी घेराउ गरेका छन् । कुटपिटमा संलग्नलाई भगाएको आरोपमा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका हुन् ।