विराटनगर , पुस ४ -
कोसी अञ्चल अस्पतालमा सञ्चालित हिमो डायलासिस मेसिन प्राविधिकको अभावमा सञ्चालन बन्द भएको छ । यो मेसिन एक वर्षअघि जडान गरिएको थियो । अन्य अस्पतालको तुलनामा अञ्चल अस्पतालले थोरै रकममा गरिब र असहाय बिरामीको डायलासिस गर्दै आएको थियो । सेवा बन्द भएपछि निजी अस्पतालमा मृगौला रोगी महँगो शुल्क तिरेर डायलासिस गराउन बाध्य भएका छन् । पूर्वाञ्चलमा सरकारी अस्पतालमा पहिलोपटक कोसी अञ्चलमा हिमो डायलासिस सेवा सञ्चालनमा थियो ।
प्राविधिक अभावले अस्पतालका उक्त सेवा बन्द भएको अस्पतालले जनाएको छ । चिकित्सक छन् तर दुई जना स्टाफ नर्स र दुई जना सफाइ कर्मचारी नभएका कारण सेवा सञ्चालन हुन नसकेको मेडिकल सुपरिटेन्डेन्ट एसएन झाले बताए ।
निजी अस्पतालमा एकपटक डायलासिस गराएको करिब चार हजार तिर्नुपरे पनि कोसी अञ्चलले औषधिबाहेक पाँच सय रुपैयाँमा गर्दै आएको थियो । जसले कम आय भएका बिरामीलाई राहत पुगेको अस्पतालका कर्मचारीले बताए ।
सेवा बन्द भएपछि हिमो डाइलसिस सेवा लिन आउने सेवाग्राही निराश बनेर र्फकने गरेका छन् । तत्कालीन मेसु उमाकान्त झाले दुई वर्षअघि अस्पतालमा डाइलासिस सेवा सञ्चालन गर्न ५१ लाख रुपैयाँ लागत पर्ने मेसिन विभागमार्फत ल्याएर जडान गरेका थिए ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:०९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !