Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ११, शनिबार     Login | Register
देश»

रामगाड बजार जोखिममा

रामगाड -दैलेख, पुस ४ -
दक्षिण कणर्ाली नदी र उत्तर रामगाड खोलाबीचको सानो रामगाड बजार ठूलो जोखिममा छ । नदी र खोला बगरमै रहेको यो बजार कुनै पनि बेला डुब्न र बग्न सक्ने  स्थितिमा छ ।

अछाम र दैलेखका बासिन्दाले जीविका चलाउन जोखिम मोलेर साततला १ स्थित उक्त खोलाको बगरमा बजार सञ्चालन गर्दै आएका छन् । तर कसैले सुरक्षा चासो देखाएका छैनन् । घर बस्ती छोएर बग्ने रामगाढ खोला बजारतिर बढ्दै छ । 'तलबाट कणर्ाली उर्लेर बजारतिर आउँछ । माथिबाट रामगाड खोलाको बाढी', यस्तो जोखिममा होटल व्यवसाय चलाएर बसेका गणेशबहादुर शाहीले भने, 'के गर्नु ? जोखिमै भए पनि खोलामै बस्नुपरेको छ ।'

खोला र नदीनजिकै अहिले झन्डै एक सय ५० घर बनिसकेका छन् । अझै पनि बगरछेउमा घर थपिने क्रम रोकिएको छैन । बजारका धेरै घर धेरैपटक खोलाको बाढीले बगाइसकेको छ । स्थानीयले मुस्किलले ज्यान जोगाउँदै आएका छन् । यस्तो अवस्थाको बजार धेरैले देखे-नदेखेझँै गर्दै आएको स्थानीयले बताए ।

'धेरै सरकारी कर्मचारी, हाकिम र नेता यहाँ आउँछन्, जान्छन् । तर यहाँको समस्याबारे कसैले चासो दिएका छैनन्', शाहीले भने । कणर्ाली नदी र राखगाडखोलाको संगमस्थलमा रहेको यो ठाउँमा सुर्खेत-जुम्ला-कालिकोट जोड्ने सडकको पुल १० वर्षदेखि निर्माणाधीन छ । बनाउन थालेको पुलका धेरै सामानसमेत खोलाले बगाउँदै आएको छ ।   

ठूलो भीरबाट आउने पहिरो र डुबानको उच्च जोखिम नियन्त्रणको प्रयाससमेत भएको छैन । तटबन्ध अभावले वषर्ाका बेला खोला बस्तीतर्फ छिरेर बजार डुबाउँदै आएको छ । डुबानबाट दर्जनौं पसल प्रभावित छन् ।

नदी र खोलाको दोभानमा रहेको उक्त बजारमा यो वर्ष जेठ अन्तिम सातातिर अचानक पसेको बाढीले २५ लाख बराबरको क्षति पुर्‍याएको थियो । तर तटबन्धका लागि जिल्लामा योजना माग गरेको वर्षौं बितिसक्दासमेत अझै सुनुवाइ नभएको स्थानीयको गुनासो

छ । 'डुबानको मात्र समस्या छैन, भीरबाट पहिरो खस्ने डर उस्तै छ', स्थानीय नैनबहादुर शाहीले भने ।

रामागाड पश्चिम दैलेखको लकान्द्र, लयाटीबिन्द्रासैनी, तोलीजैसी, विशाला, चामुन्डा, जम्बुकाध, सात्तला र अछामको भैरवस्थान गाविसको मुख्य बजार हो । माथिल्लो कणर्ाली जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव अध्ययनले यो बजारलाई अति प्रभावित अर्थात कुनै पनि बेला बग्ने क्षेत्र मानेको छ । 'नियन्त्रण प्रयास नभए ठूलो धनमालका साथै मानवीय क्षति धेरै टाढा छैन', अर्का स्थानीय पूर्ण थापाले खतरा औँल्याए ।

विपतका दृष्टिले जोखिमपूर्ण स्थान हुँदा यहाँको बजार र बस्ती विस्तारमा रोक लगाउनुपर्ने जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पदम सापकोटाले बताए ।

 


प्रकाशित मिति: २०६९ पुस ५ ०९:०७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-25
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication