Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
देश»

१ वर्षमा ४ सय शल्यक्रिया एक्लै

जुम्ला, पुस ४ -
चौध महिनाअघि अञ्चल अस्पताल जुम्लाको अप्रेसन कक्ष प्रयोगविहीन थियो । उपकरणहरू त्यसै थन्किएका थिए । माइनर अप्रेसन गर्नुपर्ने बिरामी पनि सुर्खेत र नेपालगन्ज रिफर हुन्थे । सर्जन डा. शिव श्रीमल आएपछि भने अप्रेसन कक्ष दिनहँुुजसो व्यस्त हुन थाल्यो । यो एक वर्षमा उनी एक्लैले झन्डै ४ सय अप्रेसन गरिसकेका छन् । तीमध्ये ८४ जटिलखालका थिए ।

'प्रविधि नै नभएका र अति जटिलखालका बिरामीलाई मात्र रिफर गर्ने गरेका छौं,' डा. शिवले कान्तिपुरसित भने, अस्पताल आएका बिरामीका ८० प्रतिशत अप्रेसन यहीं हुन्छ । सर्जन बस्न थालेपछि सबैभन्दा धेरै जटिलखाले गर्भवतीको प्रसूति सेवा सहज भएको छ । पाठेघरबाहिरको गर्भसमेत सफलतापूर्वक प्रसूति गराएपछि उनको प्रशंसा हुन थालेको छ । अहिले कालिकोट, मुगु, डोल्पा र जाजरकोटका सीमावर्ती गाउँबाट बिरामी आउन थालेका छन् । जुम्ला अस्पतालमा मेडिकल अधिकृतहरू रहे पनि सर्जन नहुँदा माइनर अप्रेसनसमेत हुँुदैनथे । परिवार स्वास्थ्य महाशाखाले गत वर्ष असोज १० गते डा. शिवलाई यहाँ पठाएको हो । यो वर्षभर अस्पताल ल्याइएका सबै गर्भवतीले उचित सेवा पाएको जनस्वास्थ्यको दाबी छ । गर्भवती जाँच र स्वास्थ्य संस्थामा प्रसूति गराउने क्रम पनि बढेको वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए । 'बच्चा जन्माउन नसकेकै कारण बर्सेनि धेरै महिलाले ज्यान गुमाउनुपथ्र्यो । यहींको अस्पतालमा शल्यक्रिया हुन थालेपछि यो संख्या ह्वात्तै घटेको छ,' उनले भने, 'स्वास्थ्य सेवामा आएको यो ठूलो परिवर्तन हो ।' जुम्ला मातृशिशु मृत्युदर अधिक रहेको जिल्लामध्येमा पर्छ ।

अघिल्लो वर्ष मात्रै जुम्लामा ४२ नवजात शिशुको मृत्यु भएको जनस्वास्थ्यले जनाएको छ । अझै पनि गाउँमा घरमै सुत्केरी गराउने चलन हटेको छैन । स्वास्थ्य संस्था नल्याउँदा सानै समस्या हुँदा पनि निस्सासिएर शिशुको मृत्यु हुने गरेको चौधरीले बताए । त्यस्तै, नियमित गर्भ जाँच नगराउँदा र गर्भवतीलाई पोषिलो खाना नखुवाउँदा कम तौलका बच्चा जन्मिने गर्छन् । गर्भवतीले खोला तर्न हुन्न भन्ने अन्धविश्वास छ । त्यसैले खोला तरेर स्वास्थ्य संस्था नजाने प्रवृत्तिले पनि यो संख्या न्यून रहेको उनले बताए । पुरुष स्वास्थ्यकर्मीसँग गर्भ जाँच गराउन मान्दैनन् ।

हेल्थपोस्टहरूमा अनमि नहुनाले पनि समस्या छ । 'पहिलो गर्भ जाँच शतप्रतिशतले गराउँछन् । तर चौथोपटक जाँच गराउनेको संख्या ३१ प्रतिशत मात्र छ,' चौधरीले भने । जुम्लामा बर्सेनि झन्डै २ हजार ८ सय गर्भवती हुने अनुमान छ । यहाँका १३ वटा प्रसूति केन्द्रमा प्रसूति गराउन आउनेको संख्या अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढेको छ । गत वर्ष ६ जना सुत्केरीको मृत्यु भएकामा यस वर्ष घट्ने जनस्वास्थ्यको अपेक्षा छ ।


प्रकाशित मिति: २०६९ पुस ५ ०९:०७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication