काठमाडौ, पुस ४ -
एमाले नेता प्रदीप ज्ञवालीको राजनीतिक विषय समेटिएको पुस्तक सार्वजनिक भएको छ । संविधानसभा गठनपछि मुलुकमा भएका विभिन्न राजनीतिक र सामाजिक बहस क्रममा उठेका मुद्दालाई केन्दि्रत गरेर नेता ज्ञवालीले 'राष्ट्रियता, पहिचान र सामाजिक रूपान्तरण' नामक पुस्तक लेखेका हुन् । पुस्तकको एमाले नेता केपी ओलीले बुधबार सार्वजनिक गरे ।
पत्रपत्रिकामा यसअघि छापिएका सामग्री र केही नयाँ विषयवस्तु समेटेर पुस्तक तयार पारिएको ज्ञवालीले बताए । पुस्तकमा 'राष्ट्र, राष्ट्रवाद र राष्ट्रिय स्वाधीनता', सामाजिक-आर्थिक रूपान्तरणको कार्यसूची', 'सांस्कृतिक रूपान्तरणको कार्यदिशा', 'महिला मुक्ति विमर्श', पुनर्संरचना र पहिचानको बहस', 'उग्रवामपन्थ ः व्यवहारको ऐना', 'सिद्घान्त र व्यवहार ः परीक्षण र पाठ' र संक्रमणकाल ः हामी कहाँ चुक्यांैं ?' शीर्षकका विश्लेषण छन् । एमाले नेता घनश्याम भुसाल, पत्रकार नारायण वाग्ले, विश्लेषक मुमाराम खनालले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक मार्फत् ज्ञवालीले गम्भीर मुद्दा उठाएको बताए । साहित्यकार समेत रहेका ज्ञवालीको यो नवौं पुस्तक हो ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:०५
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !