Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १०, शुक्रबार     Login | Register
कला र शैली»

अँध्यारो सहरमा सुसान

ललितपुर, पुस ४ -
लोडसेडिङको चर्को मारबीच दिनानुदिन अँध्यारो झेल्दै गरेका सहरबासीबीच एक अमेरिकी कलाकारले हाम्रै जीवनजस्तै लाग्ने चित्रहरू कोरेका छन् । चार वर्षदेखि यतै बस्दै आएका सुसान पार्कर ब्रुन्सको नेपाल अनुभव समेटिएको पि्रन्ट आर्ट र प्रतिस्थापन कला यतिबेला पुल्चोकको न्यु ओरल्यान्सस्थित आर्टिस्ट प|mुफ ग्यालरीमा सजिरहेका छन् ।

'रिसोरसेस इन केओस' शीर्षकमा जारी प्रदर्शनीमा उनले २५ वटा कलाकृति सजाएका छन् । उनका कलाकृति हेर्दै जाँदा हाम्रै तितो अनुभूति र हाम्रै वरिपरि भइरहेका गतिविधिको साक्षी बनेको अनभुव हुन्छ । 'बत्ती आयो ?' शीर्षक अन्तर्गतका ६ वटा चित्रले सबैभन्दा बढी ध्यान खिच्छ । मासु पसल होस् या सैलुन । कामदारहरू अँध्यारोमै काम गरिरहन बाध्य छन् । अर्थात् परिवेश अँध्यारो भए पनि जीवन चलिनै रहन्छ । सिल्क स्त्रिmनको माध्यमबाट उतारिएका यी दृश्य सुसानका लागि कला भए पनि सहरबासीका लागि भने पीडादायी जीवन हुन सक्छ ।

यी चित्रहरू नियालिरहँदा ग्यालरीकी प्रमुख रागिनी उपाध्यायले आफ्नै दिनचर्या सम्भिन् । 'ग्यालरीमा आउनु अगाडि बत्ती छ कि छैन भन्दै साथीहरूसँग सोध्ने गर्छु,' उनले भनिन्, 'विदेशी भए पनि सुसानले यहाँको वास्तविक जनजीवनको सूक्ष्म अध्ययन गरेर कलामा उतारेका छन् ।' सुसानको चित्रकारिताको अर्को रमाइलो पक्ष भनेको कुकुर, मुसा, गाई, काग जस्ता जनावरसँगको निकटता हो । उनका चित्रमा कतै न कतै जनावरहरू छन् । मन्दिरको ढोकामा बाँधिएको कुकुरको आकृति निकै रोचक लाग्छ ।

 सुतिरहेको मानिसको चित्रबाट भने सुसानले नेपाली जीवनशैलीदेखि राजनीतिसम्मलाई दमदार व्यंग्य गरेका छन् । 'कुम्भकर्ण' शीर्षकको चित्रले हाम्रो समाज र राजनीतिको अचेतता र निद्रालाई व्यंग्य कस्छ । 'क्रो इटिङ अ र्‍याट' चित्रले बाँच्नका लागि संघर्ष गर्नुपर्छ भन्ने झल्काउँछ र जस्तोसुकै अवस्था झेलेर पनि हामी बाँच्न प्रयासरत छौं भन्ने बोध पनि । चित्रमा चाहिँ मरिरहेको मुसालाई कागले कोट्याई कोट्याई खाइरहेको दृश्य छ ।

प्राकृतिक स्रोतले नेपाल धनी भए पनि त्यसको व्यवस्थापन एकदमै भद्रगोल रहेको अवस्था बुझाउने उनले यो थिममा प्रदर्शनी गरेका हुन् । पि्रन्टेड चित्रसँगै उनले सेरामिक प्रयोग गरेर बनाएका तीनवटा 'ल्याम्प' मार्फत् पनि प्राकृतिक स्रोतको महत्त्व खुलाएका छन् । 'फ्लावर ल्याम्प' मा उनले अत्यन्त सूक्ष्म फूलका बुट्टा कोरेर सिल्पी झल्काएका छन् । झरीमा घाम अस्तायो' चित्रले ग्रामीण जीवनको सौन्दर्य महसुस हुन्छ । प्रदर्शनीमा राखिएका चित्रलाई उनले टिर्सटमा पनि बुट्टाको रूपमा उतारेका छन् र ती बिक्रीमा छन् । ३ तारिकसम्म रहने प्रदर्शनीमा दस हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्मका कला छन् ।

प्रकाशित मिति: २०६९ पुस ५ ०९:०३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2013-05-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै कुन चैंले 'समिति’लाई 'सहमति’ बनाइद्यो !... नेताज्यू’रू सप्पै गलत ठाउँमा आइपुगेछु भन्दै भटाभट फर्के !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication