काठमाडौ, पुस ४ -
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न आगामी वैशाखमै निर्वाचन आवश्यक भएको जनाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे बुधबार सुरु मोर्चा बैठकमा वक्ताहरूले प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिए । मोर्चाले आफ्नो धारणा शुक्रबार सार्वजनिक गर्ने सद्भावना पार्टी अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले जनाए । संविधानसभाका विवादित विषयलाई छलफलमा राख्दै सहमति भइसकेका विषयको स्वामित्व लिने दलले सरकार नेतृत्वको दाबी गरे समर्थन गर्ने निर्णय मोर्चाले गरेको बैठकमा सहभागी सद्भावना पार्टी महासचिव मनीष सुमनले बताए । 'सरकार नेतृत्वको विषयमा मोर्चाले कसैलाई निषेध गरेको छैन,' सुमनले भने, 'तर मात्र तीन पक्षीय सहमति मोर्चाले मान्दैन ।'